दमौली/रोट्रयाक्ट डिष्टिक ३२९२ ले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व.रो.सचिन स्मृति रक्तदान कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममको पहलकर्ता रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ मेडिकल कलेज रहेको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारीले रगत अभावमा सचिन जसरी अन्यको मृत्यु नहोस भनेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै बताए । देशभरका रोट्रयाक्ट क्लबहरुले होस्टका रुपमा आ–आफ्नो ठाउँमा दमौलीका सचिन कुमार श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष अधिकारीले जानकारी
दिए ।
कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठ, रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत संगै सचिनको बारेमा क्लबका पुर्वअध्यक्ष दामोदर भण्डारीले जानकारी दिएका थिए ।
सचिन स्मृति रक्तदानमा २५ पिन्ट रगत संकलन
previous post