नारायणगढ ऋषिङमा जन्मेर त्यही बसीरहेका र वसाइ सराइ गरेर अन्यत्र गइ बसोवास गरिरहेका पोख्रेलहरुको शनिवार नारायणगढमा सम्पन्न भेलाले कृष्णप्रसाद पोख्रेल (हाल कावासोती) अध्यक्षतामा ऋषिङ पोख्रेल समाज गठन गरेका छन् ।
चितवन क्षेत्र नं २ का माननिय सांसद कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले ऋषिङ क्षेत्र पैत्रिक थलो भएका पोख्रेलहरुलाई एकत्रित गर्दै आफ्ना परम्परा, संस्कृति र रितिरिवाज आगामि पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सो समिति गठन गरेको बताइएको छ । भेलामा बोल्दै संसद पोख्रेलले आफु पनि ऋषिङको छोरो भएको उल्लेख गरे । भेला आयोजना गर्नेहरु प्रति आभर प्रकट गरेका पोख्रेलले आफ्नो तर्फबाट नव निर्मित संस्थालाई सबै प्रकारको सहयोग गर्ने समेत बताए ।
ऋषिङ, चितवन, नवलपरासी, काठमाण्डौं, बर्दिया तथा कास्की लगायत देशका विभिन्न स्थानमा छरिएर रहेका ५० बढी ऋषिङका पोख्रेल सहभागि भेलाले लक्ष्मी पोख्रेल ( हाल गैडाकोट ) लाई समाजको उपाध्यक्षमा चयन गरेको छ । यसैगरी सचिवमा घनश्याम पोख्रेल, सह–सचिवमा रुद्रनाथ पोख्रेल र कोषध्यक्षमा बाबुराम पोख्रेललाई चयन गरेको छ । समितिका सदस्यहरुमा प्रकाशचन्द्र पोख्रेल, कमल पोख्रेल, अप्सरा भट्टराई (पोख्रेल) सर्मिला थपलिया (पोख्रेल), महेन्द्र पोख्रेल, तिलकराम पोख्रेल, हुतराज पोख्रेल, काशिनाथ पोख्रेल, सरला खनाल (पोख्रेल) विष्णु घिमिरे (पोख्रेल) चयन भएका छन् ।
ऋषिङका पोख्रेलहरुको सामूहिक हित र कुल पुजा व्यवस्थापन गर्न उद्देश्यले समिति बनाइएको र समितिले एक वर्ष भित्र पवित्र धार्मिक स्थल देवघाटमा जग्गा लगाएत भौतिक निर्माणका काम गर्ने समेत बताइएको छ ।