दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमणका हिसाबले यो साता उतार चढाव युक्त रह्यो ।
तनहुँ आवाजले गर्ने गरको साप्ताहिक समिक्षाको पहिलो दिन गत विहिबार ४४. ८७ प्रतिशत रहेको ओमिक्रोन संक्रमण साताको आन्तिम दिन आइपुग्दा कहिले बढ्ने त कहिले घट्ने भएर ४१.५२ प्रतिशतमा झरेको छ ।
गत शनिबार सबैभन्दा धेरै ५०.७९ प्रतिशत संक्रमित भए भने सबैभन्दा कम आइतबार ३७.०५ प्रतिशत संक्रमित
भेटिए । पुष २० गतेबाट उकालो लागेको संक्रमण दर शनिबार हालसम्मकै उच्च ५०.७९ पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमा उचार चढाब रहिरहँदा औषत सक्रमण दर ४१.१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कोभिडको दोस्रो भेरियण्ट डेल्टाको संक्रमण उच्च रहेको अवस्थाको तुलनामा ओमिक्रोनको संक्रमण उच्च रहेको अवस्थामा आइसियुमा भर्ना हुने दर भने चार गुणाले कम छ । यसैगरी भेन्टिलेटरमा उपचार गराउनु पर्ने विरामीको संख्या पाँच गुणाले कम रहेको छ । हालसम्म चार करोड २० लाख ४९ हजार ६४० डोज कोभिड विरुद्धको खोप प्राप्त भएको जनाउँदै मन्त्रालयले कुल दुइ करोड ९९ लाख २१ हजार २३ डोज खोप लगाइएको बताएको छ । पूर्णमात्रा खोप लगाउनेको संख्या एक करोड ३२ लाख ४३ हजार ५७७ छ भने एकमात्र खोप लगाउनेको संख्या एक करोड ६४ लाख १२ हजार ५५५ रहेको छ । यसैगरी दुइलाख ६४ हजार ८९१ जानाले बुष्टर डोज खोप लगाइसकेका छन् । पूर्णमात्रा खोप लगाउनेको संख्या कुल जनसंख्याको ४५ प्रतिशतभन्दा बढी हो भने एक मात्रा खोप लगाउनेको संख्या ५६ प्रतिशतभन्दा बढी हो ।