कमलबारी । गोरखा नपा–८ निवासी शंकरबहादुर कुँवरले सिद्धेश्वरी माध्यकिम विद्यालयका व्यास–१२ का २६ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
विहिबार विद्यालयमा अयोजित कार्यक्रममा एलआईसी नेपालका वरिष्ठ एजेन्सी मेनेजर समेत रहेका कुँवरले विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने गरिब तथा जेहन्दार बालबालिकालाई उक्त सामग्री वितरण गरेका हुन् ।
प्रति विद्यार्थी करिब चार सय रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको बताउँदै विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले कुँवरको सहयोगले विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार छात्र–छात्रालाई पढ्नमा प्रोत्साहन मिल्ने बताए । प्रअ अधिकारीले आगमी दिनमा पनि यस्ता सहयोगको अपेक्षा विद्यालयले गरेको र प्राप्त हुने विश्वास व्यक्त गरे ।
शैक्षिक सामग्री पाए पछि प्रसन्न मुद्रामा रहेका कक्षा १० का छात्र समिर विकले प्राप्त सहयोगले आफ्नो पढाइमा ठूलो सहयोग पुग्ने बताए । कक्षा १० कै देउबहादुर थापाले शैक्षिक समाग्री सहयोगले पढाइको निरन्तरतामा सहयोग पुग्ने बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले सञ्चालन गरेको शैक्षिक सामग्री वितरण कार्यक्रममा कुँवर तथा रुम टु रिडकी सञ्चार अधिकृत निष्ठा श्रेष्ठलाई अविर र खादाले स्वागत गरिएको थियो ।
शैक्षिक सामग्री वितरण
previous post