देवघाट/देवघाट अनलाईन तथा देवघाट सन्देश साप्ताहिकको प्रकाशक देवघाट मल्टिमीडिया प्रालिको आयोजनामा गत विहिबार देवघाटमा नयाँ वर्षको शुभकामना आदान प्रदान एवं २०८२ सालको भित्तेपात्रो विमोचन कार्यक्रम देवघाट गाउँपालिका–५ मा सम्पन्न भएको छ ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बलबहादुर क्षेत्री, सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकाल, लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रालिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन देवघाट अनलाइन र देवघाट सन्देश साप्ताहिकका बजार प्रबन्धक विष्णु मगरले र स्वागत मन्तव्य देवघाट सन्देश साप्ताहिककी सम्पादक गोमा न्यौपानेले गरेकी थिइन् ।