दमौली/लामो रस्साकस्की पछि शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ तनहुँको घोषणा भएको छ । शनिबार दमौलीमा आयोजित कार्यक्रममा जिल्ला नेतृत्वका लागि चयन भएका व्यक्तिहरुको घोषणा तथा सपथ सम्पन्न भएको हो । नवगठित शिक्षक महासंघ तनहुँको अध्यक्षमा नेपाल शिक्षक संघका रामचन्द्र पोख्रेल चयन भएका हुन् । यसैगरी सहअध्यक्षमा प्रकाश भण्डारी, उपाध्यक्षमा शिवचन्द्र आचार्य, महिला उपाध्यक्ष विना घिमिरे, सचिव अशोक खत्री, सहसचिव लोकराज सेढाई तथा कोषाध्यक्षमा हिमलाल घिमिरे चयन भएका छन् ।
तनहुँमा क्रियाशिल पाँचवटा पेशागत शिक्षक संगठन र नेपाल विद्यालय कर्मचारी संघको छाता संगठनको रुपमा गठित शिक्षक महासंघ तनहुँका सदस्यहरुमा कृष्णचन्द्र पाण्डे, विन्दु पन्थ, गौकुमारी न्यौपाने, बैकुण्ठ भट्टराई, हिरा पाण्डे र छविलाल सिग्देल चयन भएका छन् । यसैगरी अन्य सदस्यहरुमा रेशमलाल श्रेष्ठ, इन्दु पौडेल, गजेन्द्र पन्त, राजेन्द्रबहादुर अधिकारी, इश्वरी गहतराज र हेमन्त बराली रहेका छन् । नेपाल विद्यालय कर्मचारी संघको तर्फबाट शिव शाही र सुस्मिता पण्डित सदस्यमा चयन भएका छन् ।