दमौली/व्यास नगर पालिकाले नपामा क्रियाशिल पत्रकारको कोभिड विमा गर्ने निर्णय गरेको छ ।
बुधबार नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्क्षतामा सम्पन्न बैठकले क्रियाशिल पत्रकारको कोभिड विमा नगरपालिकाको खर्चमा गर्ने निर्णय गरेको हो । यसका साथै नगरपालिकाको विकास समाचार प्रकाशित गर्ने उत्कृष्ट एकजनालाई व्यास नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार राशी दशहजार रुपैयाँको हुनेछ ।
कार्यपालिकाको वैठकले वडा नं ५ का वडाध्यक्ष तथा प्रवक्ता समेत रहेका मोहनकुमार श्रेष्ठको अध्यक्षतामा व्यास नगर खेलकुद विकास समिति समेत गठन गरको छ । समितिका सदस्यहरुमा सुरेश थापा, सूनसरी गुरुङ, बसुन्धरा घर्ती, प्रदिप आचार्य, अशोक गिरी, अमर थापा, कृष्ण पुन, सानुमाया श्रेष्ठ, इन्द्र गुरुङ, कृष्ण बहादुर दरै, नम्रता गुरुङ रहेका छन् । समितिको सदस्य सचिव– शिक्षा तथा सामजिक विकास शाखा प्रमुख वा अधिकृत स्तर प्रतिनिधि रहने निर्णय भएको नगरपालिकाले जनाएको छ । विद्यमान कोभिड–१९ को दोस्रो लहरको संक्रमणलाई न्यूनीकरण गर्न अत्यावश्यक सामग्रीहरुको तयारी गर्ने, हप्ताको १ दिन मात्र निःशुल्क पि.सि.आर. लिंदै आइएकोमा यसै हप्तादेखि हप्ताको २ दिन पि.सि.आर. लिने व्यवस्था मिलाउने, नगरपालिकाको वडा कार्यालय र मुख्य कार्यालय अत्यावश्यक सेवाका लागि मात्र खुल्ला गर्ने, वडाको संयोजनमा गर्भवती र जटिल बिरामीहरुलाई घरबाट अस्पतालसम्म पु¥याउनका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने, कृषि उपजहरुलाई बजारसम्म .ल्याउन लानका लागि सहजीकरण गर्ने निर्णय समेत गरिएको छ ।
नगर स्तरीय कृयाशील राजनीतिक दल, टोल विकास संस्था, शैक्षिक तथा उद्योग व्यवसाय क्षेत्र, जनप्रतिनिधि, विकास साझेदार संघसंस्था कार्यालय, सुरक्षा संयन्त्र, सञ्चार क्षेत्र, बैंक तथा वित्तीय संस्था र सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरुमा विद्यमान संकटको क्षणमा स्वास्थ्य मापदण्ड पालना गरी, भौतिक दुरी कायम गर्दै आफ्नो दैनिक गतिविधि सञ्चालन गर्न र परस्पर सहयोग एवं सद्भावपूर्ण सहयोगका लागि हार्दिक अनुरोध गर्ने निर्णय गर्दै वैठकले कुनै पनि जटिल र संकटको क्षणमा नगरपालिकाको हटलाइन ०६५–५६००३३ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ ।
व्यास नपाले पत्रकारको कोभिड विमा गर्ने
previous post