दमौली/७८ औं सहिद दिवसको अवसरमा व्यास नगरपालिका तनहुँको आयोजनामा चौथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता बुधबारसम्पन्न भएको छ ।
‘धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ सहिद दिवसका दिन माघ १६ गते चौथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।
व्यास–३ स्थित व्यास अवतरणभूमि व्यास गुफाबाट प्रारम्भ भई ऐतिहासिक तनहुँसुर दरवारमा पुगी प्रतियोगिता सम्पन्न भएको थियोे ।
हाफ म्याराथन प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य जीत प्रकाश आलेले व्यास गुफा र तनहुँसुर दरवारको ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासमा मद्दत पु¥याउन म्याराथन प्रतियोगिताले सहयोग पुग्ने बताए । आलेले महिलाहरुले अवसर पाएमा पुरुष सरह खेलकूदमा समेत प्रतिष्पर्धा गर्न सक्षम रहेको चर्चा गरेका थिए ।
देशभरबाट २३ जना धावकहरुको सहभागिता रहेको प्रतियोगितामा निर्धारित २१ किमिको दूरी १ घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गरेर रोल्पाकी आस्मा विक प्रथम स्थान हासिल गरिन् । त्यसै गरी ओखलढुङ्गाकी लक्पा ङिमा शेर्पा २ घण्टा ०४ मिनेट ५३ सेकेण्डमा सो दुरी पार गरी द्वितीय तथा उदयपुरकी विमला तामाङ्ग २ घण्टा १२ मिनेट ३८ सेकेण्डमा सो दुरी पार गरी तृतीय भईन् । सान्त्वना स्थान प्राप्त गर्ने ५ धावकमा व्यास १० की नम्रता गुरुङ, व्यास ४ की सन्ध्या अधिकारी, व्यास १४ की अस्मिता थापा, व्यास ३ की संगीता रानाभाट र व्यास ११ की युना मजकोटीरहेका छन् ।
सहभागी मध्ये १० धावकले मात्र निर्धारित दूरी पार गर्न सफल भएका थिए ।
उक्त प्रतियोगिताका प्रथम, द्वितीय र तृतिय हुनेहरुले क्रमशः रु.४१ हजार ८१, रु.३१ हजार ८१, २१ हजार ८१ र सान्त्वना पुरस्कार ५ जनालाई जनही रु.११हजार ८१ नगद सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गरे ।
विजेता धावकलाई पुरस्कार प्रदान गर्दै व्यास नपाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रतियोगिताले धार्मीक पर्यटनको सम्भावना बोकेको व्यास गुफा र ऐतिहासिक महत्वको तनहुुँसुर दरबारको विकासमा व्यास नगरपालिकाले राखेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे । समापन कार्यक्रममा नगर प्रमुख न्यौपानेले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने प्रतिवद्धता समेत जनाए ।