दमौली/व्यास नगरपालिकाले गएका तिन बर्षमा भौतिक पूर्वाधार विकासमा ठूला फड्को मारेको उल्लेख गरेको
छ ।
आइतबार जनप्रतिनधिहरु निर्वाचित भएको तिन बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले नपाले यो अवधिमा विकास योजनाहरूको कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको जनाए । नगर प्रमुख न्यौपानेले नगरसभा, कार्यपालिका, बड़ा समिति लगायत विषयगत समितिहरूको सबै निर्णयहरू सर्वसम्मत भएको कुरालाई नपाको उपलब्धिको पहिलो नम्बरमा उल्लेख गरे ।
नपाले वडा नं ६, १३ र १४ को कार्यालय भवन निर्माण सम्पन्न भएको तथा वडा नं ८ को निर्माणको चरणमा रहेको र वडा नं ३ को निर्माण प्रारम्भ भएको कुरालाई समेत उपलब्धिको अग्र भागमा राखेको छ ।
कार्यक्रममा नगरको उपलब्धि प्रस्तुत गर्दै प्रमुख न्यौपानेले नगरले शिक्षा, स्वास्थ्य, वातावरणीय सरसफाइ र सडक विस्तारका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे ।
नपाले यो अवधिमा झण्डै १५ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न गरेको उल्लेख गरेको छ भने महिला सशक्तिकरण, युवा सहभागिता, पर्यटन प्रवद्र्धन, र स्थानीय शासनमा पारदर्शिता कायम गर्ने अभियानहरूमा पनि सक्रियता देखाएको जनाएको छ ।
नगरप्रमुख न्यौपानेले विकास निर्माणमा जनप्रतिनिधिहरू, कर्मचारी तथा जनताको साथ लिएर अघि बढिरहेको उल्लेख गर्दै यो अवधिमा सहयोग पुयाउने सम्पूर्ण राजनैतिक दल, निवर्तमान एवं पूर्व जनप्रतिनिधि, सुरक्षा निकाय, आम नगरवासी र सन्चार क्षेत्रका मित्रहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताका लागि अनुरोध समेत गरे ।
व्यास नपाले यो अवधिमा वडा नं ११ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको छ भने वडा नं १० मा बैरेनी जग्गा विकास आयोजना व्यास–१० मा सम्पन्न हुने चरणमा रहेको छ ।
यसैगरी व्यास–१० मै निर्माण गर्न लागिएको नारेश्वर ताल यसै आर्थिक बर्षमा बाँध निर्माण सम्पन्न हुने छ । वडा नं १,२,३,४,५,६,७,८,९,१०,११ र १३ का कार्यालयदेखि सदरमुकामसम्म कालेपत्रे सड़क पहुंच विस्तार भएको छ भने व्यास नगर अस्पताल व्यास १० दुम्सी बजारमा निर्माण सम्पन्न भएको छ ।
अभिभावक विहिन वलवालिकाका लागि आवास सहितको समता विद्यालय संचालनमा ल्याएको व्यासले सामुदायिक विद्यालय सुधारका कार्यहरु चलिरहेको आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।
व्यासको तीन वर्षे उपलब्धि
previous post