दमौली/नगर पालिका क्षेत्र भित्र रहेका पर्यटन विकासको सम्भावना बोकेका नयाँ स्थानको खोजी र पहिचान भएका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले व्यास नगर पालिकाले पर्यटन प्रवद्र्धन समिति गठन सम्पन्न गरेको छ । व्यास नपा वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा गठित समितिमा इन्जिनियर ध्रुव पण्डित, सन्तोष श्रेष्ठ, आशा दरै, शुशिला शर्मा, केबी थापा सदस्य रहेका छन् । नपाका शाखा अधिकृत विमल गिरी सदस्य सचिव रहेको समितिको सल्लाहकारमा तनहूँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ रहेको बताइएको छ ।
व्यानपामा पर्यटन प्रवद्र्धन समिति गठन सम्पन्न
previous post