दमौली/नेपाली काँग्रेस (वी.पी.) ले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई सोमबार सत्र बुँदे ज्ञापन पत्र बुझाएको छ । देशभरका चालीस जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाली काँग्रेस (वी.पी.)ले ज्ञापन पत्र बुझाउने क्रममा सोमबार तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारमा सो ज्ञापन पत्र बुझाएको हो ।
कोभिड–१९ को उपचार व्यवस्थापनमा सार्थक सुधार ल्याउन माग गरेको छ । त्यसैगरी बाढी पहिरोको सन्त्रासबाट नेपाली जनजीवनलाई मुक्त राख्दै तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।
नेपाली नक्सा समेटिएको नक्सा मात्र होइन, भूमिमाथिको भोगाधिकार उपयोगमा ल्याउन नेपाली काँग्रेस (वी.पी.) ले जोडदार माग गरेको छ ।
चेपाङ्ग बस्तीमा नेपाली सेनाको हरकप्रति सरकारको मौनता माथि प्रश्न उठाएर ध्यानाकर्षण गरेको छ । यथास्थितिमा एमसीसी पारित नगर्न नेपाल सरकारलाई नेपाली काँग्रेस (वी.पी) तनहुँका सभापति यमबहादुर आलेद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत सचेत गराएको छ ।
कर्मचारी, शिक्षकहरु कुनै पनि दल विशेषको झोले कार्यकर्तालाई होइन, योग्यता र दक्षताको आधारमा सच्चा राष्ट्र सेवक तयार गर्न जोडदार माग गरेको छ । गरीब र युवा व्यवसायीलाई कर छुट दिन माग गरेको छ ।
वी.पी. काँग्रेसको सत्र बुँदे ज्ञापन पत्र
previous post