सारा विश्व कोरोना महामारीको चपेटामा छ । विश्वका धेरै देशहरूमा बन्दाबन्दिको अवस्था थियो र छ पनि । त्यस्तै नेपालमा पनि चैत्र ११ गतेबाट बन्दाबन्दि शुरु भयो । बन्दाबन्दि अर्थात् लकडाउनको घोषणा भईसकेपछि पठनपाठन सँगै धेरै कामकाजहरु बन्द भए । चैत्र ११ गते बन्दाबन्दिको घोषणा हुनु अगावै स्नातक तहका सायदै कुनै परिक्षा (वार्षिक तथा सेमेस्टरका अन्तिम परिक्षा)संचालन गरिएका थिए । । यदि कुनै भएका रहेछन् भने त्यो त्यहाँ पढ्ने विद्यार्थीको अहोभाग्य । बिस्तारै समय बित्दै गयो र साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा भयो । लगभग पाँच महिना पछि ।
तपाईलाई लाग्न सक्छ यस्ले अघिदेखि स्नातक तह, स्नातक तह गरिरहेको छ । के परिक्षा रोकिएको स्नातक तहको मात्र हो ? होईन । तर म स्नातक तहको विद्यार्थी भएको हुनाले स्नातक स्नातक गरिरहेछु । भनिन्छ पहिले आफु अनि अरु ।
म पनि कुनै एक आंगिक कलेजमा व्यवस्थापन संकायमा अध्ययननरत स्नातक तहको एक विद्यार्थी हुँ । त्यो विश्वविद्यालयमा गत वर्षदेखि विभिन्न किसिमका समस्याहरु आइरहेका छन् । जसको प्रत्यक्ष असर शैक्षिक क्यालेन्डरमा प¥यो र यस बर्ष मंसिर पहिलो साता संन्चालन हुनुपर्ने मध्ये पहिलो वर्षका वाहेकको सबै कक्षा पौषको दोस्रो साता शुरु भयो । कोर्स पुरा भएको भने छैन । जसो तसो गरेर कलेजले लिने (Internal Exam) चैत्र १२ गते र सेमेस्टर इन्ड Exam बैशाख पाँच गतेलाई तोकियो । सबै वर्ग परिक्षाको तयारीमा जुट्यौं । तर चैत्र ११ मा लकडाउन भयो । Internal Exam त नहुने भो, यो लकडाउन कतिनै वेर होला र भनेर अन्तिम परिक्षाको तयारीमा लाग्यौं । तर अन्तिम परिक्षाको मिति पनि लकडाउनले नाघ्यो । लाग्यो अब के हुन्छ ? यहि द्विविधा मनमा जाग्न
थाल्यो ।
बैशाखको अन्तिम तिर होला सायद Online Class भन्ने शब्द सुन्नमा आयो । Online Class भएपछि Revision त हुनेभयो भनेर आश लाग्यो । तर आशा निराशामा बद्लियो । समय बित्दै गयो र विसिंदै गइयो, किताबी ज्ञान पनि । यतिका समय अरुको आश गर्नुभन्दा आफै स्वअध्ययन किन
नगरेको ? पढेका कुराहरू २/४ महिना ग्याप हुँदैमा बिर्सिन्छ ? यो सब बहाना हो जस्तो लाग्ला । जुन जायज पनि होला । तर नानीदेखि लागेको बानि भनिन्छ त्यस्तै स्वअध्ययनको बानीको विकास हामीमा हुनै सकेन वा भनौ स्वअध्ययन गर्न सिकाइयन । र रह्यो बिर्सने कुरा, २÷४ महिना सम्म अब के हुन्छ भन्ने द्विविधामा बसेका विद्यार्थीहरूलाई लहै पढ्न पर्छ भनेर सम्झाउने न कुनै बाटो विश्वविद्यालयले अपनायो ? सूचना निकालेर पढ है भन्नु जिम्मेवारीबाट उम्कनु सिवाय केहि हैन जस्तो लाग्छ मलाई ।
आज मेरै आसपासमा सरकारी विद्यालयमा १/२ कक्षामा पढ्ने भाई बहिनिहरु दाई मेरो यति बेला Online class छ भन्छन् । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत साथिहरु Online class र Exam ले गर्दा भेट हुन नमिल्ने
सुनाउथे । लाग्यो अब त पढ्न पर्छ र किताब खोलें । तर किताब खोल्ने र बन्द गर्ने सिवाय मैले अरु केहि गर्न सकिन । किन कि मेरो कलेजले म मा उत्प्रेरणा जगाउनै सकेको छैन ।
त्यति बेलासम्म पढ्ने बानि र कन्सेप्ट हराई सकेको रहेछ सायद । अब यसरी भएन कन्सेप्टको विकासको लागि मैले केहि त गर्नु प¥यो जस्तो लाग्यो र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एउटा सरकारी कलेजमा मेरै विषय तर मेरो भन्दा माथिल्लो वर्षमा अध्ययनरत एक साथिसँग सहयोग माग्ने निर्णय गरे । त्रिभुवन र मेरो विश्वविद्यालयका पाठ्यक्रम फरक हुन्छ तैपनि केहि कन्सेप्ट त विकास होला भन्ने लाग्यो । साथिलाई सम्पर्क गरें र उसको Online Class मा मलाई पनि जोडिदिन आग्रह गरे । तर उसको पनि Online Class संचालन नभएको खबर पाए । समय बित्दै गयो, सरकारले सूचना निकालेर असार १ देखि वैकल्पिक शिक्षा सुचारु गर्न सबै विद्यालय तथा कलेजहरुलाई निर्देशन दियो । अब त हुन्छ कि जस्तो लाग्यो तर भएन ।
साउन ७ गतेको लकडाउन खुलेपछि अरु विश्वविद्यालयले जस्तै मेरो विश्वविद्यालयले पनि सूचना निकाल्दै भन्यो स्थिति सामान्य भए भदौको दोस्रो साता–दशै अगाडि परिक्षा सक्नेगरी तयारीमा छौं । त्यो सूचना देख्दा मनमनै भने कुन परिक्षा भाई ? बैशाख ५ वाला ? कि अर्को सेमेस्टरको ? स्मरण रहोस् यति बेला सम्म मेरो विश्वविद्यालयले कुनै शैक्षिक गतिबिधिहरु संचालन गरेको छैन । यदि सिकाइको कुनै माध्यम नै नचाहिने, स्वअध्ययन र ५ महिना अगाडि पढेका कुराले काम चल्ने भए । स्नातकको अन्तिम परिक्षा पनि आजै दिउ न । ४ वर्ष किन प्रतिक्षा गर्ने ?
मेरो विश्वविद्यालयका केहि कलेजमा Online Class संचालन भएको होला । तर म त आंगिक क्याम्पसको विद्यार्थी । यदि आंगिक क्याम्पसले कुनै शैक्षिक गतिबिधिहरु गरेकै छैन भने अरुले ग¥या छन् भन्ने मैले बुझ्न सक्दिन । आंगिक क्याम्पसमा धेरै संकायहरु छन्, कुनैमा वैकल्पिक सिकाइको काम धमाधम भइरहेको छ त कुनैले टुलुटुलु हेर्ने सिवाय केही गरेका छैनन् र थिएनन् । जस्को लागि वैकल्पिक सिकाइ संचालन भैरहेको छ उनिहरु पनि स्नातक तह कै बिद्यार्थी हुन् । के उनिहरुले स्वअध्ययन ग¥या भए हुन्थेन ? के उनिहरुले २÷४ महिनाको ग्यापमा सबै भुले त?
लगभग पाँच महिनासम्म टुलुटुलु हेरेर बसेको विश्वविद्यालयले विद्यार्थीको मनो भावना नबुझि सबै विद्यार्थीलाई परिक्षामा होम्नु कतिसम्म जायज हो ? मेरो विश्वविद्यालयको दायित्व परिक्षा लिनु मात्र हो ? परिक्षाको लागि विद्यार्थीलाई तयार पार्नु पर्दैन ?
मैले यो सब भन्दै गर्दा, तपाईंलाई लाग्नसक्छ म परिक्षाको विरोधमा छु । तर यो विल्कुलै होईन । हो परिक्षा लिईयोस् । तर परिक्षा लिनु अगावै केहि सिकाइका माध्यम अपनाएर मात्र परिक्षा लिइयोस् भन्ने मात्र हो ।
विश्वविद्यालयको दायित्व परिक्षा मात्र हो ?
previous post