दमौली/आत्म निर्णयको लागि परिवर्तनको संवाह जनजाती य’वा भन्ने म”ल नाराका साथ २९औं विश्व आदिवासी जनजाती दिवस तनहुँभर विविध कार्यक्रमको साथ मनाइएको छ ।
आफ्नो जातीय संस्कृति झल्किने सम”हगत व्यानरमा झाँकीहरु सहित नगर पक्रिमा गरेर तनहुँ उद्योग बाणिज्य संघको हलमा पुगेर आदिवासी जनजाती दिवस औपचारिक कार्यक्रममा परिणत भएको थियो । २९औं आदिवासी दिवस पालिका स्तरमा पनि मनाइएको आदिवासी जनजाती महासंघले जनाएको छ । विश्व आदिवासी दिवसका दिन तनहुँका सबै पालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरेका थिए ।
दिवसको उपलक्ष्यमा तनहुँको सदरमुकाम दमौलीमा कमिलाको ताँती जस्तै मानिसको भीड लागेको थियो । आ– आफ्नो पोशाख सजिएर आएका आदिवासीले विभिन्न सास्कृतिक झाँकीहरु पर्दशन गरेको थियो । ¥यालीले पछि दमौलीमा कोण सभा गरिएको थियो ।
दमौलीमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति व्यास नगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपानेले बढ्दो बसाई सराईले गर्दा जनजातिको सस्कृतिहरु हराउँदै गएको बताउनुभयो । सस्कृति संरक्षणका लागि दिवसको महत्वपूर्ण हुने भएकोले नगरपालिकाले सार्वजानिक विदा दिएको कार्यक्रमको लागि एक लाख रुपियाँ बजेट विनियोजन समेत गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको विशिष्ट अतिथि इन्दिरा दरैले सस्कृतिले देश चिनाउने हुँदा संरक्षण गरिनु पर्ने बताउनुभयो । सस्कृतिले पर्यटकको आकर्षण बढाउने भएकोले संरक्षण सबैले ध्यान दिनु पर्ने बताउनुभयो । पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको थियो । यस वर्ष संयुक्त राष्ट्र संघले २९ औंं विश्व आदिवासी दिवसको सन्दर्भमाआत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको थियो । पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवद्धन गर्दै पुख्र्याैली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौ भन्ने राष्ट्रिय मूल नारा तय गरि देशैभरी दिवस मनाईएको थियो । यस वर्ष संयुक्त राष्ट्र संघले २९ औंं विश्व आदिवासी दिवसको सन्दर्भमा आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको थियो ।