दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको संयोजनमा चार दिने विपद जोखिम न्यूनिकरण तालिम सञ्चालन भएको छ ।
समावेशी समुदायमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम अन्तरगत सञ्चालित तालिममा ऋषिङ्ग गाउँपालिका भित्रका विद्यालयहरुका शिक्षक नायक, प्रत्येक वडाका प्रतिनिधि, गाउँपालिकाको प्रतिनिधि सहित २४ जनाको सहभागिता रहेको सो तालिम विहिबार सम्पन्न हुनेछ ।
तालिमलाई सात जना स्रोतव्यक्तिहरुले सहजीकरण गर्दैछन् । कृष्णहरि वाग्ले, सुदर्शन सुवेदी, झम्क घले, गणेश गौली, करुणानिधी भट्टराई, प्रमोद अधिकारी, हरि सिग्देलले चार दिवशीय तालिममा सहजीकरण गर्नेछन् विशेष गरी विपद् जोखिम व्यवस्थापन र जलवायू अनुकुलन सम्बन्धी शब्दावलीहरु, विपद व्यवस्थापन, विपद व्यवस्थापन चक्र, जलवायु परिवर्तन तथा अनुकूलन, समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनिकरण अवधारणा, उत्पादनशिल समुदायका नौवटा विशेषताहरु, समावेशी संकटासन्नता तथा क्षमता विश्लेषणको अवधारणा र प्रकृया बारे जानकारी लगायत १४ सत्रमा तालिमका विषय छनौट गरिएको शाखाले जनाएको छ ।
विपद जोखिम न्यूनिकरण तालिम
previous post