राम्जाकोट/ ऋषिङ–५ राम्जाकोटमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई जापानी विद्यार्थीले सहयोग प्रदान गरेका छन् ।
विगत एक दशकदेखि वर्षेनी विद्यालय आएर विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आएका लक्की ग्रुपका ति जापानी विद्यार्थी गत शुक्रबार राम्जाकोट आइपुगेका थिए ।
जापानको विश्व विद्यालय तहमा अध्ययनरत १२ जना विद्यार्थीको उक्त समूहले वितगमा विद्यालय भवन निर्माण गर्ने , स्टेशनरी तथा खेलकुदका सामान विद्यालयलाई प्रदान गर्ने गरेका थिए । शिक्षक भागिरथी देवकोटाका अनुसार यस वर्ष उनीहरुले केही भलिबल तथा नेट उपहार दिए भने वातावरण संरक्षणको सन्देश दिन आफैले लिएर आएका धुपीका विरुवाहरु विद्यालय परिसरमा रोपे ।
एक रात विद्यार्थीहरुकै घरघरमा विताएका उनीहरुले भोलीपल्ट विद्यालय तथा विद्यार्थीका समस्याहरुबारे अन्तरक्रिया गरी स्वदेश फर्केको निवर्तमान प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले बताए ।
विद्यार्थीलाई विद्यार्थीको सहयोग
previous post