दमौली÷ रोट्रयाक्ट क्लबले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । क्लबले आइतबार आदिकवि भानुभक्त क्याम्पसमा सो कार्यक्रम सञ्चालन गरेको क्लबका किरण श्रेष्ठले जनाएका छन् । क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई लेखा व्यवस्थापन, बैङ्किङ सेवा तथा सुविधा र बैङ्कको महत्व बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
क्याम्पस प्रमुख महाप्रसाद हडखलेको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको वित्तिय साक्षरता कार्यक्रममा विश्वमा वित्तिय सारक्षरताको अवस्था, नेपालमा यसको स्थिती, पूजीँ, बचत , बचतको महत्व, बचत कहाँ गर्ने, बैंक खाता, बैंक कर्जा, बजेट निर्माण, बजेट निर्माणको आवश्यकता, डेविट कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड, चेकबुक लगायतका विषयमा शाखा प्रमुख राजु राना, रिलेसन अफिसर ग्रिवन ढुंगना र सुमेश श्रेष्ठले प्रशिक्षण दिएको क्लबले जनाएको छ । प्रभु बैंक दमौली शाखाको सामाजिक उत्तरदात्यिव कार्यक्रम अन्र्तगतको सो कार्यक्रम रोट्रयाक्ट क्लबसँगको सहकार्यमा सञ्चालन गरिएको क्लबले जनाएको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षतामा सञ्चालित सो कार्यक्रम दमौली शाखा प्रमुख राजु राना, रोटरी क्लबका वर्ष प्रेजिडेंट नोमिनी दामोदर भण्डारी, क्लबका सदस्य किरण श्रेष्ठ समेतले सम्बोधन गरेका थिए । कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमका संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।