विशेषसम्वाददाता
नेपालको विग्रदो राजनीतिक अवस्थाप्रति विश्वमा छरिएर रहेका नेपालीहरुमा चिन्ता देखिएको छ । मातृभूमि नेपाल यतिबेला इतिहासकै गम्भिर राजनीतिक, आर्थिक र सामाजिक संकटमा परेको निष्कर्षका साथ जुन १ तारीख २०२३ अर्थात वि.सं. २०८० साल जेठ १६ गते बाट नेपाल फर्कौ अभियान शुरु गरेका छन् ।
‘व्याक टू नेपाल’ सन्देश सहित विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले अमेरिकाको एटलान्टाबाट नेपालको साईकल यात्रा शुरु गरेर शुरु गरेका छन् । यो अभियानलाई शान्तिपूर्ण ‘स्वाभिमान विद्रोह’ को संज्ञा दिएका छन् नेपालमा लामो समय पत्रकारिता गरेर स्थापित भैसकेर अमेरिका विस्थापित भएका पत्रकार प्रेम बानियाले ।
सबै खाले विचारधाराका नेपालीहरुलाई यस अभियानमा सहभागि हुन आव्हान गर्दै सशरीर नेपाल फर्कन भनिएको छ । नसक्नेले आफ्नो जे क्षमताले जे सकिन्छ, त्यो नेपाल फर्काउन आव्हान गरिएको छ । आफूले विदेशमा बसेर आर्जन गरेको सीप, शिक्षा, लगानि, प्रविधि, सम्मान, अनुभाव, मायाँ दिएर अभियानलाई जगाउन जिवन्त तुल्याउन आव्हान गरिएको छ ।
देश विदेशमा रहेर नेपालको स्वाभिमान, प्रतिष्ठा बचाउने संकल्प बोकेको यो अभियानले वर्तमान राजनीतिक नेतृत्वबाट कुनै आशा गर्ने ठाउँ नदेखेको बुझ्न अब कठिन छैन । साथसाथै उपनिर्वाचनमा देखिएको जनमतले पनि सत्तासिन राजनीतिक दलहरुबाट नेपाल र नेपालीको स्वाभिान र भविष्यको रक्षा हुन नसक्ने भावना अभियानमा व्यक्त भएको छ ।
पुष्कर शाहले शुरु गरेको नेपाल फर्कौ अभियानप्रति विश्वभरि छरिएर रहेका नेपालीको ध्यानाकर्षण भएको छ । विश्वभर छरिएर रहेका नेपालको मायाँ गर्ने नेपालीले यस अभियानमा साथ दिने अनुमान गरिएको छ । स्वाभिमान रक्षाको यस अभियानले सच्चा देशभक्त, राष्ट्रवादी, स्वाभिमानी नेपालीमा आशा जगाएको छ ।
विग्रदो देशको राजनीतिप्रति विश्वमा छरिएरका नेपालीको चिन्ता
अमेरिकाबाट प्रारम्भ भयो स्वाभिमान विद्रोह
previous post