गलत तरिकाबाट बनाइएका योजनाले जनसहभागिता जुटाउने विश्वसनियता गुमाएको न योजना असफलहुनाको कारण कार्यान्वयनमा असफलता, सममर्थता हो । योजना राम्ररी तयार गरिन्छ तर कार्यान्वयन गर्ने सामथ्र्य हुँदैन । योजनाको निर्माण प्रक्रियामा विभिन्न पूर्वाग्रहहरु प्रारम्भ भएका छन् । कार्यान्वयन जे जस्तो भएपनि योजनाले जनचाहनाको उद्देश्य र जनसमर्थन जुटाउन सफल हुनु पर्दछ । योजनाको बास्तबिक मापदण्ड यसको प्रभाव जनतामा कस्तो प¥यो दुरगामिरुपमा आर्थिक अवस्थामा सुधार ल्याउने छ कि छैन त्यसमा विचार पु¥याउनु पर्दछ । विकास योजनाका सफलताका कथाहरु अतिकम छन् र निरासा धेरैछन् । (Success Stories of Development Planning is few and disappointment too many) विश्वका कतिपयदेशमा आठ दशकको अनुभव भएर पनि विकास अभिलेख नैराश्यताजनक छ । जस्तैः नेपालमा १६ औं पञ्चवर्षिय योजना (थालनी विसं. २०१३ देखि हालसम्म) को थालनी गर्दै गर्दा १५ वटा पञ्चवर्षिय योजनाले देशका युवा जमातलाई विदेशिन बाध्य बनाएको छ । योजना कमजोर रुपमा कार्यान्वयन हुने र भ्रष्टाचार बढि भएको कारण विश्वसनियता गुमाएको छ ।
योजना तर्जुमाको समस्या भन्दापनि कार्यान्वयनमा समस्या बढि रहेको छ । योजनाबिद र अर्थशास्त्रीहरुलाई नेतृत्व र कार्यान्वयन तहमा आउनको लागि आह्वान गर्नुपर्दछ । जनताले प्रत्यक्ष रुपमा यस्ता व्यक्तिहरु खोजिरहेका छन् ।
योजनामा सुक्ष्म अर्थशास्त्रीय पक्षलाई वेवबस्ता गरेर बृहत प्रारुपमलाई ध्यानदिइएको छ । विकासका अन्यतत्वलाई वेवास्ता गरेर परिमाणात्मक पक्षलाई ध्यान दिइएको छ । त्यस्तै योजना तर्जुमा र कार्यान्वयन अभिन्न भएपनि कार्यान्वयनमा ध्यान नदिएर तर्जुमामा बढि ध्यान केन्द्रित गरिएको छ । ग्रामिण विकासलाई वेवास्ता गरेर शहरिक्षेत्रको विकासलाई जोडदिनु आफ्नो मौलिक प्रविधिलाई परिस्कृत गर्नुको सट्टा विकसित देशको नक्कल गरेको पाइन्छ । यस्ता पुर्वाग्रहले गर्दा अर्थशास्त्रीहरु योजनाको प्रकृति र क्षेत्रबारे पूनविचार गर्नुपर्ने विचार व्यक्त गरिरहेका छन् । के यसतर्फ जिम्मेवार कुनै व्यक्तिकाृ ध्यान जाला त ?
योजना यथार्थपरक हुन पर्याप्त तथ्याङ्क चाहिन्छ जस्तैः आम्दानी, रोजगारीको स्तर, बजार मुल्य। जनताको उपभोगको स्तर, देशको वर्तमान जानकारी योजनातर्जुमा गर्ने, योजना निर्माण गर्ने, राजनीति गर्ने व्यक्तिको साथमा हुनुपर्दछ । तर सामाजिक र राजनैतिक परिवर्तन गर्नको लागि कुनै योजना चाहिँदैन तर जनताको जिवनस्तर माथी उकास्न, आर्थिक, विकास, संम्बृद्धि, शुसासन, भ्रष्ट्राचार निवारण गर्न, समाज परिवर्तन गर्नको लागि राम्रो योजना चाहिन्छ । योजना सफल हुनुको लागि मन्त्रालय–मन्त्रालय, योजना आयोग, अन्तर विभागीय कार्यालय, योजना आयोगका विशेषज्ञ तथा अधिकारी बीच सँग राम्रो समन्वय हुनुपर्दछ । समन्वय नभएमा तोकिएको लक्ष प्रगति हासिल हुँदैन अर्थात योजना सफल हुँदैन । योजना सफल हुन राजनैतिक स्थिरता र सबल राजनैतिक नेतृत्व चाहिन्छ । सफल योजनाको रहस्य उचित राजनीति र असल सार्वजनिक प्रशासन
(Good Public Administration) मा निर्भर गर्दछ । राजनीतिक व्यक्तिले आफ्नो स्वार्थ, भोट बैंकको तथ्यलाई आफ्नो हितमा हेर्नुले असल योजनाको छनौट गर्नुमा बाधा पुग्दछ । अयोग्य व्यक्तिको सार्वजनिक सेवामा नियुक्ति गर्नाले प्रशासकिय क्षमता नियन्त्रण भन्दा बाहिर जान्छ । हाम्रो योजना बनाउने परिपाटि छनौटका तरिका कमजोरी हटाउन समयमै सचेत बनौं । योग्यता, क्षमता, दुरदर्शिता, नभएका व्यक्ति राजनीतिबाट टाढा बसौं । विज्ञ, दुरदर्शि, विवेकशिल, भष्ट्राचार नगर्ने, कार्यसम्पादन गर्न सक्ने योग्यता पुगेका व्यक्तिलाई राजनीतिको मैदानमा मात्र ५ वर्षका लागि उतारौं ।
विकासले आफ्नो बाटो आफै तय गर्न थाल्दछ । नेपालको विकास अभियानलाई सगरमाथाको उचाईमा पु¥याउने संकल्प सबै नेपाली एकताको सुत्रमा आएर हातेमालो गरौं । संसारको सबैभन्दा धनि राष्ट्रमा रुपान्तरित हुन लामो समय कुर्न पर्दैन ।
विकासको बाटो बदल्नुपर्दछ
previous post