अपेक्षित काम विग्रिएर अनपेक्षित नोक्सानी व्यहोर्नु पर्दा वा विशेष वाधा अड्चन परी गर्छु भनेको काम अलपत्र परी सम्पन्न गर्न धौ धौ हुँदाको घडीमा मानिसको मुखबाट वर्वाद भयो भन्ने शब्द निस्कन्छ । आफ्नो विग्रदो अवस्थाको बोध गराई आर्काबाट सहानुभूति लिनका लागि पनि यो शब्द संगै दुःख दर्शाईन्छ । यो स्वच्छाचारी शब्द पनि हो । किनकि अर्काको भन्दा आफ्नै खस्कदो, विग्रदो नोक्सानीलाई इंगित गरिरहेको हुन्छ । विविध कारणले परेको पीडिामा समवेदना प्रकट गर्न साथीभाई इष्टमित्रप्रति हितैषी बनेको भाव प्रकट गर्न पनि वर्वाद भयो भनिन्छ । हालको कोभिड–१९ ले समस्त क्षेत्रमा उलटपुलट पारिदिएको छ । जीवनभरको कमाई र पुग नपुग ऋण समेत लगानी गरी केही होला भनि गरेको व्यवसाय फाईदा त परै जाओस् । बरफ पग्लिएर सकिए सरी घट्दै गएर हात टक्टक्याएर छोड्न पर्ने स्थिति आउनु साँच्चि नै बर्वादीको सूचक होइन भन्न सकिदैन ।
लगानी कर्ताको लगानी डुवेर वर्वाद, व्यवसायीको व्यवसाय चलाउन नपाएर बर्वाद, विद्यार्थीको पढाई विग्रेर, मा.वि. तथा कलेज तहका शिक्षक, प्राध्यापक ट्यूशन पढाउन नपाएर, खेलाडि खेल खेल्न नपाएर, किसान समयमै मल बीउ र उत्पादित बस्तुको बजार नपाएर, घरवाला डेरा खोज्न कोही नआएर र बस्नेहरुले पनि भाडा नतिरि दिँदा, स्वास्थ्यकर्मि कोरोना सर्छ कि भन्ने पिरले, विरामी उपचार नपाएर, पुजारी दर्शानार्थी मन्दिर नआउँदा भेटी बन्द भएर, पण्डित महायज्ञ गर्न नपाउँदा, नेता भाषण छाट्न नपाएर, ट्राफिक प्रहरी विना लाईसेनका सवारी साधन चल्न बन्द भएर, गायक संगितकार महोत्सव हुन छाडेकोले, डाईरेक्टर हिरोहिरोईन फिल्म बन्द भएकोले, विकल, न्यायाधीश वादी प्रतिवादी मुद्धा गर्न नआईदिएकोले, व्यूटिपार्लर शरीर मुसमुस्याउन नपाएर, कोही यो चाडवाडको बेला गहना र अर्धनग्न तन देखाउन नपाएर, पुरोहित पुजाआजा श्राद्ध गर्न अर्काको घरमा जान नपाएर, ज्योतिषले हात हेराउन हात छुन नपाएर, त्यसै सुक्का, अरुलाई वर्वाद भयो भयो, चोरलाई पनि वर्वाद भा’छ । सबै घरमै बसिदिने भए । जुन घर पुग्छन् मान्छे घरमा टन्न हुन्छन् । पकेटमार उस्तै बेहालमा छन् किन कि गाडिमा कोही चढ्दैनन् । भिडमाड कहि छैन । कसरी चलोस विचराहरुको गुजारा ! यो कोरोनाले गरिखाने, ठगि खाने, मागी खाने, नाँची खाने, गायी खाने, बोली खाने, लेखि खाने, पढी खाने, चेकिङ्ग गर्ने, बेंकिङ्ग गर्ने, सुटिङ्ग गर्ने, कुकिङ्ग गर्ने सबै सबैलाई वर्वाद पा¥यो । तर कोही भने दिन दुगुना, रात चौगुना चम्केका छन् । मन्त्री महोदयहरु कमिशनको पोको स्याहार्न फुर्सद छैन । काला बजारियाहरु कति मुल्य बढाउँदा कति नाफा आउने भो भनेर हिसाब गर्न कारिन्दा थप्नु पर्ने अवस्था छ । खाद्यान्न ढुवानी सेवा न जाँच न अनुगमन । जहाँ गएनि छुट, जस्तो ल्याए नि छुट, गरेका छन् ब्रम्हलुट । कर्मचारीहरु सेवा ग्राहीको लाम देखे खाजा खान हिडि रहने, फाँट कमै बस्नेहरु अहिले कुर्चिमा घुर्छन, केही कम्प्यूटरको अगाडि झुम्मी रहन्छन् । के हेर्छन उनै जानुन् । नयाँ मान्छे पुग्यो भने सड्डाउन गरिहाल्छन् । उता सरकारले पचास प्रतिशत भाडा बृद्धि गर्ने अनुमति दिई हाल्यो, डिस्ट्यान्स कायम गरी गाडी चलाउन पनि उर्दी जारी ग¥यो । तर ती सीट क्षमताको गाडिमा ६० जनासम्म ‘वान अप अन एनोदर’ को डिस्ट्यान्स कायम गरेर दोब्बर भाडा लिई रहेका छन् । न चेक जाँच न अनुगमन । ‘जस्ले हान्यो उस्ले जान्यो’ को स्थिति छ । एउटा अर्को व्यवसाय निकै मौलाएको छ, युरिया हालेर मौलाए जस्तो । त्यो हो ‘तास’ । गाउँघरमा मानिसको ओईरो छ, व्यवसाय बन्द भो गाउँमै । विदेश रोजगारी गुम्यो त्यो पनि गाउँमै । अरु काम गर्ने जाँगर छैन । दिनभरी तार, रातभरी तास । खेलाउनेको मासिक ५०÷६० हजार कतै नजा ।
अर्काले सहज तरीकाले खाए बसेको डाहले कतिलाई अनिंद्रा र अपचको स्थिति छ । शैक्षिक संस्था बन्द भए, शिक्षकलाई कहाँ लगेर घस्ने होला भनि खाका तयार गर्दै हैरान छन् । ताल परे स्वाव संकलन गर्ने कार्यमा खटाउन पनि के बेर ? चुनावमा विजयको अविर घसेका महासयहरु सरकार सञ्चालन गरी विनाकामको नाम र दाम प्राप्त हुने स्थिति नटुटोस् भन्नका लागि कोरोना १०÷१५ बर्ष टिकाई रहने हरकतमा नपुग्नु होला भन्न नसक्ने स्थिति छ । पार्टी प्रमुखलाई अधिवेशन गर्न परेन । आफ्नो पद सुरक्षित भै रहने भो, समयावधि नाघेपछि अधिवेशन गराउने झन्झट पनि भएन भने मन्त्री महोदय ज्यूहरुलाई कोरोनाले भाग्योदय गराई दिएको छ, पहिला औषधी पीपीइ खरिदमा दाम आयो । अब नयाँ भ्याक्सिन बन्दै भन्ने सुनिदैछ । त्यसको एकको एकाउन्न गराई बील भरपाई मिलाई दिए पनि उत्ति आउँछ । तीन तीन महिनामा मन्त्री फेरी दिएर सबैको पालो पु¥याएको कुरा बुझ्न कठिन छैन । कंगाल नेपाली, सम्पन्न मन्त्रीको नारा यो कोरोनाले पु¥याई दिने भो । ‘पदमा जाऊ, सकेको खाऊ’, ‘येन केन कुबेर बन, अर्को चुनाव जित्न पु¥याउ धन’ को अभियान यसैले बेलैमाथि सम्पन्न हुने भो । धन्य कोरोना । नेपालमा कोरोना बर्षौसम्म टिकि रहे, स्वीजरल्याण्डको बैंकमा अहिलेका पदासिनहरुको मात्र खाता हुनेछ । संसारका धनीको सूचीमा नाम लेखाउन सफल हुनेछन् । मर्ने मरि राखुन, रुने रोईराखुन, बेला यही हो महोदय, कोरोना महामारीलाई राम्रो उपयोग गरौं । अरुका कुरै छोडौं ।
वर्वाद भयो
previous post
1 comment
साहित्य समाजको प्रतिबिम्ब हो । यो लेखले पनि छर्लङ्ग छ ।