कोरोना भाइरसको संक्रमण विश्व व्यापी भएको छ । बीबीसीको अनुसार बुधाबार बिहानसम्म संसारका एकसय ९५ देशमा यसको संक्रमण देखापरेको छ । गत डिसेम्बरमा चीनमा देखापरेको यो भाइरसले सामान्य सावधानी अपनाउन नसक्दा इटलीमा संसारकै सबैभन्दा धेरै नागरिकको ज्यान लिइसकेको छ । झण्डै २० हजार मानिसको ज्यान लिएको यो भाइरसले इटलीका मात्र झण्डै सात हजार नागरिकको ज्यान लिएको छ, संक्रमणको एक महिनामा । नेपालमा पनि एक महिना पहिले संक्रमण देखापरेका युवा पूर्ण निको भएर घर फर्केका भए पनि सोमबार अर्की युवतीमा यसको संक्रमण देखा परेको छ भने बुधबार अर्का युवकमा र उनीहरु दुबैका उपचार भैरहेको छ । हामीले अघिल्लो अंकमा पनि भनेका थियौं, हामी संक्रमणको जोखिमबाट टाढा छैनौं । नभन्दै हामीसम्म कोरोना आइसक्यो ।
यही जोखिमलाई मध्य नजर गर्दै राज्यले मंगलबार विहानबाट लक डाउनको घोषणा ग¥यो । सरकारको आदेशको अर्थ र संवेदनशीलता बुझेनौं वा के भयो । पसल खुलेकै छन् । हामी निर्वाध हिँडि रहेका छौं । यो कुनै राजनैतिक दलको स्वार्थ पूर्तिका लागि गरिएको लक डाउन थिएन । यो बरु हाम्रो स्वास्थ्य संवेदनशिलतालाई ख्याल गर्दै राज्यले चालेका सकारात्मक कदम थियो र हो तर हामीलाई खै के लाग्यो सडकमा मोटरसाइकल कुदाउनुमा आनन्द मान्यौं, घर बाहिर निस्केर साथी भाइ जम्मा पारी गफ गर्नुमा आनन्द मान्यौं ।
सरकारले जे नगर भन्यो, त्यही गर्नमा शायद हामीलाई आनन्द आउँछ । तर फेरी पनि दोहो¥याउँ, यो हाम्रै हीत रक्षाका लागि गरिएको
हो । गोर्खाली बहादुरको सन्तान हुनुको अहं हामीमा यदि कायमै हो र त्यसैको प्रदर्शन सडकमा निस्केर कार अनि मोटर साइकल कुदाएर वा जम्मा भएर गफिने गरेका हौं भने त्यो बहादुरीले यतिबेला काम गर्ने वाला छैन । हामीसंग कोरोना डराउनेवाला छैन ।
कोरोना स्वयम्ले हाम्रो घर वा हामीलाई पछ्याउँदै आउने होइन बरु हामी घर बाहिर गएर उसलाई डाक्ने हो, हाम्रोमा आउन । तपाई हाम्रो सानो लापरवाहीको परिणाम नेपाल र नेपालीको लागि महंगो पर्न सक्छ । तपाईं त समस्या पर्नुहुन्छ नै संगै तपाईका लाउँलाउँ र खाउँखाउँ उमेरका लालाबाला र परिवार अनि सम्पूर्ण नेपाली समस्यामा पर्नेछन् । त्यसैले परिस्थितिको संवेदनशिलतालाई बुझेर घर बाहिर निस्कन र जमघट हुन बन्द गरौं । यसैमा हामी सबैको भलाई छ । इटलीको नियती हामीले भोग्नु नपरोस् भन्ने कुरामा सबै सचेत बनौं ।
लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं
previous post