वयापानी/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले तनहुँ जिल्लाका दुई विद्यालयका अभिभावकहरुलाई कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार भानु–१२ स्थित विद्यानिकुञ्ज मावि बयापानीमा समुदायमा मनोसमाजिक सहयोग, आत्महत्या रोकथाम र स्वहेरचाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको थियो । यस अघि मंगलबार मिन मावि थर्पुमा पनि यस्तै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा समुदायका बीस जनाभन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।
विशेष गरी कोभिड–१९ ले समुदायमा मनोसामाजिक सहयोगको आवश्यकता पर्नेहरु, त्रास, हिनताबोध र कमजोरआत्मबलका कारण आत्महत्या गर्न खोज्नेहरुलाई कसरी सामाजिकरण गर्ने, कोभिड–को संक्रमणले एक्लै बस्नु पर्ने संकटका बेला कसरी स्वहेरचाह गर्ने जस्ता कला र सीपको बारेमा ज्ञान दिलाइएको थियो । बीस भन्दा बढी अभिभावकहरुको सहभागि गराएको सो अभिमुखीकरण कार्यक्रमको शुभारम्भ सत्रको सभापतित्व नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेले गरेका थिए भने मिन माविको उपसभापति ऋषिराम पोख्रेलेले गरेका थिए ।
विद्यानिकुञ्ज माविमा विद्यालय व्यवसथापन समितिका अध्यक्ष चन्द्रबहादुर मझकोर्टीले स्वागत गरेका थिए । शाखा कोषाध्यक्ष हरिशरण पण्डित, मिन मावि युवा रेडक्रस सर्कलका संरक्षक तथा मिन माविका प्रधानाध्यापक राजेन्द्र भण्डारीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन बरिष्ठ शाखा विकास अधिकृत शिवकाजी पियाले गरेका थिए । कार्यक्रम संयोजक रघुनाथ पण्डित र विद्यानिकुञ्ज माविका शिक्षक नायक सन्तोष गोदार, मिन मावीका शिक्षक नायक देवनारायण श्रेष्ठले सहभागिहरुलाई मनोसामाजिक सहयोग, आत्महत्या रोकथाम र स्वहेरचाहको अभिमुखीकरण गरेका थिए । कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत यो कार्यक्रम ऋक्ष्ँच्ऋ को आर्थिक सहयोगमा जिवीकोपार्जन कार्यक्रमको समन्वय वैठक पनि सम्पन्न भएको छ ।