दमौली/समाबेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तिकरण कार्यक्रम अन्तरगत ऋषिङ्गमा क्रियाशिल आठ स्वावलम्बन समूहका अध्यक्ष र कोषाध्यक्षलाई दुई दिने आधारभूत लेखा व्यवस्थापन प्रशिक्षण प्रदान गरिएको छ ।
प्रशिक्षण २०७८ भाद्र २८ र २९ गते दुई दिन चलेको थियो । डेनिस रेडक्रस र हङ्गकङ्ग रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वयमा संचालित समाबेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तिकरण कार्यक्रम अन्तरगतको प्रशिक्षण नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाको व्यवस्थापन चलेको हो ।
प्रशिक्षण नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य एवं स्वास्थ्य समितिमा उपसंयोजक प्रदीप घिमिरेको प्रमुख आतिथ्यता रहेको तालिम तनहुं जिल्ला शाखाका सभापति कृष्णहरी वाग्लेको सभापतित्व शुभारम्भ तथा समापन भएको थियो । सो प्रशिक्षणमा ऋषिङ्ग गाउंपालिकाका ८ वटै वडाका अपाङ्गता स्वाबलम्बन समुहका अध्यक्षहरु, कोषाध्क्षहरु र सामुदायिक कार्यकर्ताहरु गरी जम्मा २४ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणको उद्घाटन तथा समापनमा नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाका उपसभापतिद्वय नुरचन्द्र वाग्ले र ऋषिराम पोख्रेल, मन्त्री चिनु पोखरेल, कोषाध्यक्ष हरिशरण पण्डित, उपकोषाध्यक्ष शुकुमलाल गुरुङ्ग, सदस्य एवं पूर्व कोषाध्यक्ष ज्ञानराज थापा, सदस्यहरु सूर्यचन्द्र हड्खले, परमेश्वर भट्टराई, रामदत्त पौंडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो प्रशिक्षणको सहजिकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय लेखा अधिकृत काशीराम खत्रि, नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाका कार्यक्रम अधिकृत करुणा निधि भट्टराई र लेखापाल इमनाथ भट्ठले गर्नु भएको थियो ।
प्रशिक्षणमा परिक्रमा कोषको बारेमा, लेखा राख्नै तौर तरिकाको बारेमा र लेखा सम्बन्धि विविध बिषयमा प्रशिक्षण दिइएको थियो साथै नेपाल रेडक्रस सोसाइटीले कार्यक्रम संचालन गरेका ऋषिङ्ग गाउंपालिकाका ८ वटै वडाका अपाङ्गता स्वाबलम्बन समुहहरुलाई परिक्रमा कोषको लागी एक लाख बिस हजार का दरले रकम उपलब्ध गराउने जानकारी गराईएको थियो ।
रेडक्रसद्वारा दुई दिने लेखा व्यवस्थापन प्रशिक्षण
previous post