दमौली/नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी सन्दिप लामिछानेले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को बुधबार बसेको वोेर्ड बैठकले नयाँ कप्तानको जिम्मेवारी सन्दिपलाई दिएको हो ।
क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित ४ खेलाडी माथि कार्वाही गरेको छ । अनुशासनहीन काम गरेको भन्दै क्यानले उनिहरुलाई कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा कप्तान मल्ल सहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरी रहेका छन् ।