नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले रणनीति र कुटनीतिमा कमजोर काँग्रेस नेतृत्वले राष्ट्रपति निर्वाचन पछि नेपाली काँग्रेसलाई अझ कमजोर अवस्थामा पु¥याउने ठोकुवा गर्नुभएको छ । पूर्वसहमहामन्त्री तथा पूर्व गृहमन्त्री जोशीले वी.पी. विचार समाज तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।
सामुहिक निर्णयमा अघि बढ्ने कार्यकर्ताको बलमा राज्यशक्तिको बाडफाँड गरेर पनि पार्टी एकताको लागि अघि बढीरहेको कम्यूनिष्ठहरुको चाल एकल निर्णयमा अगाडि बढेको काँग्रेस नेतृत्वले बुझ्न नसक्दा अब काँग्रेस कार्यकर्ताका लागि ‘म काँग्रेस हुँ’ भन्न पनि लाजमर्दो अबस्थामा पु¥याउने नेता जोशीको दृढोक्ति थियो । रणनीति र कुटनीति विना पार्टी चल्न नसक्ने उल्लेख गर्दै नेता जोशीले हालको नेतृत्वले समय र परिस्थिती अनुसार कुटनीतिक रणनीतिमा चल्न सकेको भए नेपाली काँग्रेस यतिबेला सरकारमा हुने बताउनु भयो । राष्ट्रपति निर्वाचनमा पनि असफल हुने दिशामा कांग्रेस अघि बढेको हुँदा काँग्रेस कार्यकर्ता अझै लज्जित हुनुपर्ने जोशीको भनाई थियो ।
कति समय सरकार चलायो त्यो महत्वपूर्ण होइन, सरकारमा पुगेर के नीति अख्तियार ग¥यो त्यो महत्वपूर्ण हो भन्दै जोशीले वी. पी. कोइराला १८ महिना प्रधानमन्त्री हुँदा स्वदेश मात्रै नभई विदेशी नेताहरुले उहाँको कार्यको प्रशंसा गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो । कार्यकर्ता समेट्न नसक्ने, जिल्ला र प्रदेशको संगठन कमजोर बनाउने नेताले देशको नेतृत्व गर्न नसक्ने बताउँदै नेता जोशीले नेपाली काँग्रेस तनहूँको संगठन कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
हात्तीले आफ्नो तागत थाहा नपाए जस्तो अवस्थामा नेपाली काँग्रेस पुगेको बताउँदै जोशीले नेपाली काँग्रेससंग कार्यकर्ताको ठुलो तागत छ भन्ने वर्तमान नेतृत्वले थाहै पाएन भन्नु भयो । नेता जोशीले आफूहरु १० जनाले संगठन गरेर तनहुँमा कांग्रेसको बर्चस्व कायम गरेको स्मरण गर्दै कार्यकर्तालाई संगठन निर्माणमा जुट्न आग्रह गर्नुभयो । राष्ट्रिय राजनीतिमा तनहुँको कमजोर प्रभावले राष्ट्रिय प्राथमिकतामा ३० औं नम्बरको जिल्लामा परेको नेता जोशीको भनाई थियो ।
कार्यक्रममा विपी विचार समाजका केन्द्रीय सदस्य शुुकुमलाल गुरुङ, समाजका गण्डकी प्रदेशका सचिव परशुराम गिरी, वी.पी. विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डित, समाजका सल्लाहकारहरु ऋषिराम पोख्रेल, डा.विद्युत केशरी न्यौपाने, युवा नेता दीपकराज जोशी, समाजका उपसभापति रेशमलाल गुरुङ, सदस्यहरु रघुबहादुर केसी, रामदेव पन्थ, ईन्जिनियर दीर्घबहादुर थापा, केशमाया गुरुङ ‘केसु’, दिलमाया गुरुङ, समाजका व्यास नगर सचिव कृष्णप्रसाद सोती लगायतले व्यक्तिगत स्वार्थमा कांग्रेसका नेताहरु लागेकाले जोशी समूहका कार्यकर्ताहरुले नै नेपाली काँग्रेस, वी. पी. वादको दियो बचाएर नेपाली काँग्रेसलाई सबल र सुदृढ बनाउनु पर्ने चिन्तन सहित निर्भिक तरिकाले अघि बढ्न जरुरी रहेकोप्रति आ–आफ्ना धारणा राख्नु भएको थियो ।
विस्तारित वैठकमा जिल्ला कार्य समिति, सल्लाहकार, क्षेत्रीय कार्य समिति, निर्वाचनमा उम्मेदवार भएका समेतका शुभेच्छुकहरुको सहभागिता थियो ।
राष्ट्रपति निर्वाचन पछि नेपाली
का“ग्रेस अझै कमजोर हुन्छ–जोशी
previous post