पार्टीको आन्तरिक जीवनमा सबैभन्दा लोकतान्त्रिक भनिएको दल नेकपा एमालेले पुरानै अध्यक्षलाई सर्वाधिकार प्रदान गर्दै अध्यक्षमा नाम मात्रको निर्वाचन मार्फत आगमी कार्यकालका लागि नविकरण गरेको हप्ता नवित्दै परम्परावादी भनिने दल राप्रपाले लोकतान्त्रिक विधिबाट पार्टी प्रमुखको छान्यो । पार्टी प्रमुख छानेको मात्र होइन, पार्टीमा पुस्तान्तरणको जबरजस्त बहस भइरहेका बेला राप्रपाको प्रतिनिधिहरुले बहसलाई आत्मसाथ गरे र नयाँ पुस्तालाई पार्टी नेतृत्व प्रदान गरे ।
राप्रपा महाधिवेशनको नतिजा पछि सञ्चारकर्मी समा थापाको प्रतिक्रिया यहाँ उल्लेख गर्नु जायज हुनेछ । उनले लेखेकी छन्, अवसरका लागि जातको छिर्के हाल्ने नेताहरुले राजेन्द्र लिङ्देनबाट सिकुन्, हिम्मत । राप्रपा भनेकै कमल थापा, कमल थापा माने राप्रपा भन्ने पार्टीमा उनको विजयले देखाउँछ नेपालमा हरेक पार्टी नयाँ नेतृत्व खोजि रहेका छन् वस् अभाव छ त यसरी नै चुनौति दिने नेतृत्वको । राप्रपामा कमल थापाको रजगज भत्काइदिने कार्यकर्ता चाहिँ असली क्रान्तिकारी लाग्यो । युवा भनेको उमेरमात्र होइन साहस पनि हो ।
आफुलाई लोकतन्त्रको पर्यायवाची भन्ने दल नेपाली कांग्रेसको पनि भोलीबाट चौधौं महाधिवेशन हुँदैछ । र यो पार्टीमा पनि पार्टी सत्ता नयाँ पुस्तामा हस्तान्तरणको वहस राम्रै चलेको छ । तर बहसले सार्थकता पाउने लक्षण भने खासै देखिएको छैन । उनै पुराना, परिक्षणबाट असफल सावित भएका अनि अप्रितिकर अनुहार दोहोरिने सम्भावना देखिँदैछ । अबको केही दिनमा नेपाली कांग्रेसको पार्टी सत्तामा को आउने थाहा हुन्छ तर महाधिवेशन प्रतिनिधि बनेर गएका कांग्रेस नेताहरुले आम नेपाली र नेपाली कांगेसका शुभचिन्तकले गरेको अपेक्षा पूरा गर्छन् कि उही माथि भनिए जस्ता अनुहारको निरन्तरतामा रमाउँछन् भन्ने उत्सुकता हो । अनि प्रश्न हो , ति महाधिवेशन प्रतिनिधिलाई कि अप्रजातान्त्रिक भनिएको राप्रपाका प्रतिनिधिले जसरी बाँचुञ्जेल पार्टी सत्ता नत्याग्ने प्रवृत्तिलाई परास्त गर्दे पार्टीलाई नवजीवन दिए के त्यो हिम्मत र गर्न सक्छौं भन्ने विश्वास तपाईहरुसंग छ । कतिको राजाई पौराणिक पात्र गणेशको अनि कतिको रोजाई कुमारको हुन्छ, त्यो जान्न भने केही दिन पर्खाैं ।
राप्रपा महाधिवेशनको पाठ
previous post