प्राकृतिक साधन र स्रोतले धनी देश नेपाल । विश्वका दुई साम्राज्य हार्दा नहारेर देशको सार्वभौम, स्वायत्त र स्वाभिमानी अस्तित्व बचाएको देश नेपाल । विश्वका धर्महरुमा सर्वश्रेष्ठ जेठो इतिहास बोकेको हिन्दु धर्मको चार वेद र अठार पुराणका रचयिता वेदव्यास जन्माउने मेरो देश नेपाल । सिक्का चलाउने सायद विश्वमै पहिलो जेठो देश नेपाल ।
आफूले जितेको देशको नाम गोरखा नराखेर काठमाण्डौ राख्ने, ठकूरी राजाले नेवार बंशकी कुमारीलाई ढोगेर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता बचाउने राजनेता पृथ्वीनारायण शाहले एकिकरण गरेको देश नेपाल । अरनी, सीता, भृकुटी, गौतमबुद्ध जस्ता राष्ट्रिय विभूति जन्माएको देश । विश्वका कुनै पनि देशका नागरिक भन्दा बुद्धिमा कमजोर नभएको नागरिक जन्माउने देश नेपाल । आखिर किन नेपाल आज झनझन गरिब बन्दै गएको छ ?
विश्व परिवेशः
चिनलाई चाउ एन लाईले विश्व शक्तिराष्ट्रमा दर्ज हुने सामथ्र्यको जग बसाले । विश्वर्माको नेतृत्वमा एकिकरण भएको जर्मनीको वैभवता पनि राम्रै छ । इटलीले पाएको प्रथम प्रधानमन्त्री कामिलो वेन्सो काभुरले पनि देशलाई राम्रै प्रभाव छोडेका छन् । आधुनिक टर्किका संस्थापक कमाल अतातुर्कलाई टर्कीका जनताले राजनेताको रुपमा सम्मान गरेकै छन् ।
नेल्शन मण्डेलाः
दक्षिण अफ्रिकाका कालाजातीलाई राजनीतिमा समाहित गराउने अर्थात स्थापित गराउने कुसल कार्यकर्ता, परिवार भन्दा राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्ने व्यक्तित्वको नाम हो नेल्शन मण्डेला । दक्षिण अफ्रिकामा रहेको बेलायती उपनिवेशले कालाजातीलाई उपेक्षित र गोरालाई शासकीय दर्जाको दिलाएको थियो । त्यसको विरुद्ध आन्दोलनको नेतृत्व गर्ने राजनेता थिए नेल्शन मण्डेला ।
माहात्मा गान्धीः
बेलायती सरकारको उपनिवेशका रुपमा रहेको दक्षिण अफ्रिकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वका महापुरुषहरु मध्येमा गणना भएका राजनीतिक तथा आध्यात्मिक नेता भारतका राष्ट्रपिता थिए मोहनदाश करमचन्द गान्धी । बेलायती उपनिवेशबाट भारतलाई मुक्त गराएर आजको भारत निर्माण गर्नमा गान्धीको योगदानलाई आजपनि सम्मानका साथ गणना गर्दछन् भारतीय जनता ।
को हो राजनेता ?
माथिले माथि चर्चा गरेका व्यक्तित्वहरु राजनेताको सम्मान पाएको व्यक्तित्व हो । देशकाल परिस्थिति र परिवेश हेरेर राजनीतिक मार्गचित्र निर्माण गर्न सक्ने, पारिवारिक स्वार्थबाट मुक्त रहि देशको समृद्धि र जनताको जीवनस्तर उठाउनका लागि समर्पित, आफ्नो राजनीतिक दर्शनप्रति पूर्ण निष्ठावान रही सत्ता, सुख, भोगलाई त्याग गर्न सक्ने, जनजिविका र आमनागरिक हितका लागि जस्ता सुकै जोखिमको नेतृत्व लिन अग्रसर हुने, आफ्नो राजनीतिक दर्शनप्रति अविचलित निष्ठावान रहि आफ्नो नीति र सिद्धान्त विपरित कसैसंग सम्झौता नगर्ने कुसल संगठनकर्ता नै राजनेता कहलिन सक्दछ । देशलाई मायाँ गर्ने राजा त्रिभुवन, महेन्द्र र विरेन्द्र राजनेता हुन् । तर यी राजनेताहरु विदेशीको चक्रव्यूहमा परेर कहिल्यै जनस्तरका राजनेता पहिचान गरेर राष्ट्रिय स्वार्थमा काम गर्न
सकेनन् । राष्ट्रिय स्वाधिनता, स्वाभिमान र समृद्धिका लागि देशको बल बुद्धि र क्षमतालाई एकिकृत रुपमा उपयोग गर्न सकेनन् ।
विश्वेश्वरप्रसाद कोईरालाः
राजनेताले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्न सक्नु पर्दछ । राजनीतिक आन्दोलन सञ्चालन गर्नु अगाडि विश्व राजनीतिक परिवेश र आन्तरिक राजनीतिक परिस्थितिलाई बुुझेर आन्दोलनले दिने परिणामको पूर्वानुमान गर्न सक्ने हैसियत भएको व्यक्तित्व राजनेता हुन सक्दछ । राष्ट्रिय संकटको समयमा आफ्नो ज्यानको प्रवाह नगरी ७÷७ वटा राजकाज मुद्धा लगाएको पञ्चायतले मृत्यूदण्ड दिन सक्ने अवस्थामा समेत सिक्कीम भारतमा विलय भएको, नेपाल माथि पनि भारतीय विस्तारवादले चीयाइ रहेको समयलाई बुझेका बीपीले राष्ट्र खतरामा रहेको निष्कर्ष निकालेर आफ्ना सहयोद्धा साथीहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, कूलबहादुर गुरुङ्ग, भिमबहादुर तामाङ्ग, शैलजा आचार्यलाई बडो मुस्किलले सहमतीमा ल्याएर देशको अस्तित्व बचाउन २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल प्रवेश गर्ने विश्वेश्वर प्रसाद कोईराला राजनेता हुन्, थिए र रहिरहनेछन् ।
मदन भण्डारीः
सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ भन्ने दर्शनबाट प्रभावित जननेता मदन भण्डारीले नेपाली कम्यूनिष्ट आन्दोलनमा ‘जनताको बहुदलिय जनवाद’ को दर्शन दिएर देश र जनताप्रतिको निष्ठा देखाए । कम्यूनिष्ठ आन्दोलनलाई नेपाली परिवेश अनुसार व्याख्या गरे । राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषयमा निर्भिक र स्पष्ट विचारहरु सम्प्रेषण गरे । मदन भण्डारी जीवित रहेमा नेपाललाई आजको यो नियतीमा पु¥याउन सकिदैन भन्ने निष्कर्षमा पुगेका शक्तिहरुले एमालेकै केही नेता र नेपाली काँग्रेसका केही उच्च नेताको उपयोग गरेर हत्या गर्न सफल भए । परिक्षण हुन नपाए पनि मदन भण्डारीमा राजनेताको गुण थियो भनेर नेपाली जनमानसले स्वीकार गरेको छ ।
नेपालको विगत इतिहासदेखि
बर्तमानसम्मः
नेपालको विगत इतिहासदेखि वर्तमानसम्मको राजनीति र राजनीतिज्ञलाई केलाएर हेर्दा दलाली गर्ने, विकाउ राजनीतिक कार्यकर्ता सफल भएको देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालाले १८ महिना पनि प्रधानमन्त्री हुन नपाएको मुलुकमा शेरबहादुर देउवा ४÷५ पटक प्रधानमन्त्री हुन पाउनु रहस्यमय छ । मदन भण्डारीको हत्या भएको मुलुकमा माधव कुमार नेपाल, झलनाथ खनाल र खड्गप्रसाद ओलीले पटक पटक प्रधानमन्त्री चलाउन पाउनु रहस्यमय नै छ । भारतीय विस्तारवाद र १९५० को सन्धीको विरोध गरेर जंगल पसेका पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई पटक पटक प्रधानमन्त्री हुन पाउनुले स्पष्ट गर्दछ कि नेपालको स्वाधिनता , सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, मुलुकी ऐन सहितका मौलिक पहिचानहरु विलिन हुँदै जानुको रहस्य । चाईना साउथ एयरवेज काण्ड लगेर पनि, दुई दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री खान पाउने भाग्यमानी माधव कुमार नेपालहरुले राष्ट्रिय स्वार्थमा भन्दा पनि उनिहरुको व्यक्तिगत स्वार्थमा काम गरेवापत प्रधानमन्त्री पाएको विगत इतिहास वकल्छ । देश र जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने सैद्धान्तिक निष्ठा भएका, दलीय अस्तित्व बचाउन सक्ने दलका कार्यकर्ता असफल तुल्याइएको अथवा भ्रष्टाचारको मुद्धामा फसाईएको पाईन्छ । गिरिजा प्रसाद कोईराला विरुद्ध पनि धमिजा काण्ड, लाउडा काण्ड लागेकै थियो । मदन भण्डारी हत्याको रहस्य गुपचुप गराए वापत र माओवादीको सुरक्षित अवतरण गराई दिए वापत एशियाका महान नेताको पगरी पाउने नेता हुन गिरिजा । उनै गिरिजालाई आदर्श मानेर सफल तुल्याउन हरसम्भव सर्मित रहने गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरिञ्जीवी वाग्ले, तारानाथ रानाभाटहरुलाई डामेर अगाडि बढेका गिरिजाप्रसाद कोईरालाले अन्ततः नेपाली काँग्रेसमा सैद्धान्तिक विचलनको विजारोपण गराएर मुलुकलाई विदेशीको इशारामा धान्नै नसकिने संघीयता र गणतन्त्रमा धसाई दिए ।
सत्ताको रापताप पाएर सुडान काण्ड गुपचुप हुन सक्यो । आरजु राणा, कृष्णबहादुर महराका बाबु/छोराले उन्मुक्ति पाईरहेका छन् । रामबहादुर थापाका बाबुछोराले उन्मुक्ति पाईरहेका छन् । गोकुल वास्कोटाले उन्मुक्ति पाईरहेका छन् । पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धानको दायरामा लिने अनुमति अदालतबाट पाउँदा समेत कार्यपालिकाले अनुसन्धानकर्तालाई सरुवा गरेर अबको अनुसन्धानमा ताला लगाएको सन्देश दियो । भारतभ्रमणमा जानुपूर्व अदालतको फैसलालाई उपेक्षा गर्दै रेशम चौधरीलाई बाँकी कैद माफी दिने र विवादित नागरिकता विधेयकलाई असंसदीय अनुमोदन गरियो ।
अन्त्यमा राजनेता जो कोहीले पाउन सक्ने दर्जा होइन, जसरी बहुदल आएपछि शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्दहरुलाई नै अपमान गर्ने गरी जो कोहीलाई शहिदको दर्जा दिइयो । नेपालको समृद्धिका बाधक, धर्म, सस्कृति, मूल्य मान्यता र मौलिकता बेच्नेहरुले राजनेताको स्वघोषित पगरी लिएर यो देशलाईको अस्तित्वलाई धरापमा पारिरहेका छन् । नागरिक बेच्ने, श्रमिक बेच्ने, विकासको लागि बजेट माग्ने मगन्ते, त्यही बजेट पनि लुट्ने लुटेराहरुले राज गरेको देश, नेपालीलाई भुटानी बनाएर, नेपाललाई तस्करहरुको उर्वरभूमि बनाएर राजश्व छलेर देश लुटेर विदेशी वैंकमा रकम जम्मा गर्नेहरुले सशस्त्र विद्रोह कालिन दिनहरुमा जस्तै देश लुटि रहेने छुट पाएकै कारण देशको आर्थिक विकास हुन नसकेको दृष्टान्त आम नेपालीको आँखा अगाडि छर्लङ्गछ ।
राजनेता
previous post