तालघरे/विपतको समयमा रगतको उपलब्धताका लागि रक्तदान सम्बन्धी उत्प्रेरणा तथा रक्तदाता सचेतना कार्यक्रम कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा आयोजित सचेतना कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशले संयोजन गरेको थियो । दुम्सी उपशाखाको व्यवस्थापनमा सञ्चालित सचेतना कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका अन्तरिक मामिला मन्त्री दोबाटे वि. क.ले प्रमुख आतिथ्यता ग्रहण गर्दै प्रारम्भमै सम्बोधन गर्नुभएको थियो । रक्तदानले जीवन बचाउन सक्ने हुँदा रक्तदाता सचेतना कार्यक्रमको आवश्यकता रहेको चर्चा गर्दै कारुणिक भावमा नेपाली कहावतको चर्चा गर्नुभएको थियो । उहाँले श्रम चल्छ, सीप चल्छ, रगत चल्छ तर अझै पनि नेपाली समाजमा पानी चल्दैन भन्दै व्यवहारमै छुवाछुतको अन्त्य गर्न परम्परागत सोंच र चिन्तनमा परिवर्तन ल्याउन आव्हान गर्नुभएको थियो ।
विशेष अतिथि नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले सन १९१४ बाट मानव शरीरमा रगत प्रत्यारोपण गरिएको विश्व इतिहासको चर्चा गर्दै सचेतना कार्यक्रमले मानव जीवन बचाउने रगतको उपलब्धतालाई सहज बनाउन सक्ने सुखानुभूति प्रकट गर्नुभयो । दुलर्भ रगतको उपलब्धतालाई सञ्जालीकरण गर्न पनि सचेतना कार्यक्रमले सहयोग गर्ने ढकालको थप पुष्ठि थियो ।
कार्यक्रममा संस्थागत सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा अन्तर्गत रहेका उपशाखा कार्यसमिति , युवा क्लब, आमा समूह, टोल विकास संस्था एवं छिमेकी उपशाखाको सहभागिता रहेको थियो ।
उत्पेरणा सत्रलाई सहजीकरण गर्दै युमना केसी र लक्ष्मण कोईरालाले रगतको महत्व, काम, कस्तो कस्तो अवस्थामा रक्तदान गर्न मिल्छ, रक्तदानका लागि उपयुक्त उमेर तथा अवस्था, कस्ता व्यक्तिहरुले रक्तदान गर्न मिल्दैन ,रक्तदान गरिसकेपछि रगतलाई कसरी समुह विभाजन गरिन्छ भन्ने जानकारी मूलक स्लाइड प्रस्तु्ती दिनुभएको थियो । स्लाइड प्रस्तुतीमा मानवीय कार्यका लागि रक्तदान ,स्वास्थ्य अनुकूल भएको अवस्थामा रक्तदान गर्नु सबैभन्दा ठूलो दान हो, जसले एकपटक गरिएको रक्तदानले तीन जनासम्म मानिसको जीवन बचाउन सक्ने विषय पनि समेटिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्ले, यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष खेमराज पोखरेल, वडा सदस्य यज्ञप्रसाद शर्मा, दुग्ध उत्पादक सहकारी संस्थाका केन्द्रीय उपाध्यक्ष अमर वहादुर कुँवर लगायतका वक्ताहरुले ले सम्बोधन गर्नुभएको थियो ।
सचेतना कार्यक्रम उपशाखाका सभापति ईश्वर पौडेलको सभापतित्वमा सञ्चालन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जुनियार युबा रेडक्रस समिति गण्डकी प्रदेशका सम्योजक एबम् जिल्ला शाखा तनहूँका सदस्य राम दत्त पौडेलले स्वागत मन्तब्य राख्दै अबका युवाहरुले १८ बर्ष उमेर पुगेपछि जन्मोत्सव मनाउँदा मानवीय भावनाबाट उत्प्रेरित भई रक्तदानको आयोजना गरेर मनाउन आव्हान गर्नुभयो । कार्यक्रमको सञ्चालन उपशाखाका सचिव श्री कृष्ण आचार्यले गर्नुभएको थियो ।
रक्तदाता सचेतना कार्यक्रम
previous post