दमौली/रक्तदाता दिवसको सन्दर्भ पारेर लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ दमौलीद्वारा आयोजित ले रक्तदान कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका थिए ।
कोभिड १९ र लकडाउनका कारण लामो समय देखि रक्तदान हुन नसकिरहेको अवस्थामा लायन्सले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत अभावका कारण डायलासिस गर्नुपर्ने र अन्य बिरामीहरू लाई समस्या भएको भन्ने समाचारहरू बाहिर आएपछि तत्कालै लायन्सले रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लव अफ तनहुँका अध्यक्ष ध्रुव राज पण्डितले बताउनु भयो । रक्तदान कार्यक्रममा २५ जनाले रगत दान दिएको अध्यक्ष पण्डितले बताए । यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अस्पतालमा खड्केको रगत अभाव हटाउन लायन्सले सह्रानीय काम गरेको बताउनु भयो । कार्यक्रममा लायन इन्टरनेशनल पूर्व डिस्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठ, दमौली अस्पतालका अध्यक्ष प्रदिप राज अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । लायन्स र लिओ क्लबका श्रीभद्र खनाल, बाबुराम बगाले, कृष्णमुरारी मिश्र, राजु दाहाल, कृष्ण हरि गैर्हे , सरिता भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रमको प्रवेश पोख्रेलले अध्यक्षता र सुस्मिता चौधरीले सञ्चालन गरेकी थिइन् ।
रक्तदाता दिवसमा रक्तदान
previous post