
यात्रा आफैमा एउटा मिठो अनुभूति हो । झन् त्यसैमाथि यात्रा गरीने स्थानको यात्रा पहिलो पटक हो र त्यसमा आत्मिय साथीहरुको सहभागिता छ भने यात्रा झन् खास बन्दछ । गएको शनिबार अर्थात् चैतको ५ गते यस्तै एउटा खास यात्राको हिस्सा बन्ने सौभाग्य जु¥यो ।
हाम्रो विद्यालयमा कार्यरत शिक्षक साथिहरु र केहि बाह्य साथिहरुको विशेष खुशीलाई मनाउनको लागी एउटा कार्यक्रम गर्ने योजना बन्यो । प्रस्ताब दुई थरी आयो नजिकै कतै पिकनिकको कार्यक्रम गर्ने कि घुम्न जाने ? सबै साथिहरुको आपसी छलफल पश्चात् निश्कर्ष आयो पिकनिकको कार्यक्रमहरु पहिले पनि धेरै पटक भईसकेकोले यसपालि घुम्न जाने । घुम्न जाने निर्णयमा पुगेर कुरा त टुङ्गियो तर त्यसमा पाि हामीले दुईवटा कुराहरुलाई मिलाउनु पर्ने थियो । पहिलो बिदाको समय नपरेकाले शनिबार एक दिन भन्दा ज्यादाको कार्यक्रम बनाउन सकिदैनथ्यो अर्को खर्चको व्यवस्थापन गर्ने साथिहरु जम्मा तीन जना भएको हुँदा सकेसम्म उहाँहरुलाई मर्का नपरोस् भन्नको लागि खर्च कम गर्नुपर्ने थियो । हुन त आयोजक साथिहरुले खर्चको बारेमा चिन्ता लिनु नपर्ने कुरा बताउनुभएको थियो । यद्यपी अरुले खर्च गर्छ भन्दैमा अनावश्यक खर्च बढाउनु हुँदैन भन्नेमा हामी पनि सचेत थियौं । घुम्न जाने त भनियो, एकै दिनमा पुगेर आउनुपर्ने छ जाने कहाँ ? छलफल पश्चात् हामी शिक्षक स्टाफहरुमध्ये एक जना सर बाहेक अरु कोहि पनि पहिले नगएको, एक दिनमा पुगेर फर्कन पनि भ्याईने र अझ महत्वपूर्ण कुरा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण भएको हुँदा एउटा नाममा पुगेर सबैको सहमति भयो । लिगलिगकोट ।
लिगलिगकोट घुम्न जानुपर्ने कुरा त फइनल भयो तर खाना के गर्ने ? गएर सामान्य पिकनिकको रुपमा आफैले बनाउने या कतै होटलमा खाने व्यवस्था गर्ने ? लिगलिगकोट घुम्ने र होटलमा खाना खाने गरी सहमति भयो । तर पछि फेरी होटलमा खानुको सट्टा आफैले बनाएर पिकनिककै रुपमा मनाउने कुरा भएछ । विहिबार होलीको बिदा, शुक्रबार स्थानीय बिदा भएको हुँदा साथिहरुसँग खासै भेट हुन सकेन । होटलको साटो आफैंले बनाएर खाने सल्लाह भएको कुरा पङ्तिकार लगायत धेरै साथिहरुले एकैपटक शनिबार थाहा पायौं । किनमेलका कुराहरु पनि हेडसर र अन्य साथिहरु मिलेर शुक्रबार नै गरीसक्नु भएको रहेछ । यसरी हामी सबैको लिगलिगकोटको पहिलो यात्रा घुमघामको साथमा पिकनिकको कार्यक्रम तय भयो ।
५ गते शनिबार विहान ७ बजे नै दमौलीबाट गाडी छुट्ने कार्यक्रम भएपनि केहि कारणहरुले गर्दा अलिक ढिलो हुने भएछ । जे होस् एकघण्टा पछि दमौलीबाट गाडी छुटेछ । हामी केहि साथिहरु कमलबारी बाट गाडी चढ्यौं । अनि शुरु भयो हाम्रो लिगलिगकाेटको यात्रा । केहि साथिहरु हामीसँग सहभागी हुन सक्नुभएन । बडो दुःख लाग्यो । उहाँहरुको अनुपस्थितिले रमाईलै भएको भए पनि कताकता खल्लो खल्लो, अपुरो अपुरो महशुस भईरह्यो ।
कमलबारीबाट हामी चढिसकेपछि बिचमा कहिँ पनि रोक्नुपर्ने थिएन । त्यसकारण गाडीमा गीत बजाउँदै त्यसैलाई छोप्दै हामी अगाडी बढ्यौं । गाडी एक्कासी डुम्रेमा गएर रोक्कियो तेल हाल्नको लागि । डुम्रेबाट भित्र छिरेपछि लिगलिगकोटको यात्रामा निस्किएको आभास अझ बढि भयो । गाडी कुदिरहेको थियो । हामी केहि गाउँदै थियौं, कोहि गफिँदै थियौं तर बीचमा पुगेपछि हामी गीतबाट अचानक रोकिनुपर्ने भयो कारण थियो बाटोको धुलो । सासै फेर्नसम्म पनि गाह्रो हुने गरेर बाटो धुलाम्मे भएको रहेछ । सबै साथिहरुको मुखमा मास्क र अधिकांशको आँखामा चस्मा थियो धुलोबाट बच्नको लागि । नयाँ ठाउँ धुम्ने उत्साहमा मास्क लिन भुलेकोमा ठूलो पछुतो भयो म आफूलाई चाहि ।
धुलाम्मे र उबडखाबड बाटोहरु पार गर्दै हामी पालुङ्टार पुग्यौं । बाटो अझै पनि त्यस्तै थियो । कोट भनेपछि त उकालो बाटो हुनुपर्ने । उकालो कतिखेर शुरु होला भन्ने जिज्ञासाले मलाई सताईरहेको थियो । अरु केहि साथिहरुलाई पनि त्यस्तै भएको रहेछ । पछि थाहा भयो । बिस्तारै हाम्रो गाडीले उकालोको यात्रा शुरु ग¥यो । कहिले सालघारी त कहिले पाखाबारी हुँदै हाम्रो यात्रा अगाडी बढिरहेको थियो । अरु दिनमा भए खाना खाने समय पनि कटिसकेको थियो । भोक लागेको कुरा सबैको मुहारमा प्रष्ट देखिन्थ्यो । तर नयाँ ठाउँमा पुगिने उत्साहको अगाडी भोक पराजित भएको थियो । निरन्तर उकालोको यात्रा जारी थियो अचानक हाम्रो गाडी रोकियो र थोरै पछाडी हट्यो । के भयो भन्ने डरले एकपटक त फुत्तै मुटु निस्केला जस्तै भयो । सायद अरुलाई पनि भयो होला । के भएको भन्ने प्रश्नमा सामान्य समस्या हो भने स्टाफ भाईहरुले । गाडीबाट झर्नु पर्दैन भन्दै थिए र पनि हामी
झ¥यौं । स्टाफ भाईहरु गाडी बनाउन लागे । कथमकदाचित गाडी बनेन भने माथिसम्म कसरी पुग्ने भन्ने पिर हामी सबैलाई थियो । तर स्टाफ भाईहरुले सामान्य समस्या हो एकैछिनमा बन्छ भनेपछि राहत महशुस
भयो । फुर्सदको त्यो समयलाई हामीले चिया पाउरोटी खाएर सदुपयोग ग¥यौं । चिया पाउरोटी पनि सकियो, गाडी पनि बन्यो कति काईदा । त्यसपछि शुरु भयो हाम्रो बाँकी यात्रा । वरीपरी पहाड र फाँटहरुलाई नियाल्दै हामी लिगलिगकोटको फेदिमा पुग्यौं । सामान गाडीमा पठाउने र हामी हिडेर जाने सल्लाह भयो । अहो फेरी धुलो बाटो, त्यो पनि उकालो, चैतको मध्यदिन एकपाखे घाम । स्थानीयवासीले सिडीको बाटो जान दिएको सल्लाह नमानेकोमा पछुतो भयो । जसोतसो कोटमा पुग्यौं, जहाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ । धेरै साथीहरु पहिल्य ने पुगेर फोटो खिचीवरी पिकनिक स्थलतर्फ लागि सक्नु भएको रहेछ । म र तीन जना म्यामहरु भने थकाई मार्दै मार्दै उक्लिएकोले अलिक ढिलो पुग्यौं, झण्डा मुनी फोटो खिचेर हामी पनि लाग्यौं, पिकनिक स्थल सल्लाघारी तिर ।
सबैले आफू आफूले जानेको काम ग¥यौं । घाम चर्किरहेको थियो, तर सल्लाघारीमा निरन्तर चलिरहेको बतासले गर्मिको कत्तिपनि अनुभूति हुन दिएको थिएन । सबै मिलेर पकायौं, खायौं, नाच्यौं, गायौं, साह्रै रमाईलो र अविस्मरणीय रह्यो । लिगलिगकोटको पहिलो यात्रा । किनमेलदेखि लिएर पकाउने, पस्किएर दिने सबै काममा अरु भन्दा दशौं गुना ज्यादा खटिनु भएको प्रताप सर उहाँको म्यामलाई संस्मरणमा सम्झिन भने उहाँहरु माथि पक्कै अन्याय हुनेछ ।
वाह ! कति मिठो र स्वादिलो पकाउनु भएको थियो । प्रताप सरको जोडीले । सल्लाघारीको बीचमा पलेटी कसेर खाईरहूँ, निरन्तर खाई रहूँ लाग्ने गरी । प्रभा म्याम, सिर्जना म्याम लगायतले बनाउनु भएको हातै चटाउने अचारको तारिफ विना यो यात्रा सस्मरण पुरा हुनै सक्दैन । यसरी मनोरम वातावरणमा मिठो मिठो परिकारको स्वाद लिई सकेपछि, केही बेर घुमघाम गरियो, फोटोहरु खिचियो र करिब पाँच बजेतिर फेरी एक पटक फर्केर आउने इच्छा संगाल्दै, हामी घर फर्किने तयारीमा लाग्यौं । जाँदा जस्तै सामान गाडीमा पठाउने र फेदीसम्म हिडेर जाने सल्लाह भयो । झर्दा चाही सिडीको बाटो प्रयोग ग¥यौं । स्पीकरमा गीत बजाउँदै फोटो खिच्दै ओरालो झर्दा विहेमा जन्ती गएको जस्तो आभाष हुँदै थियो । फेदीमा गाडी चढेपछि शुरु भयो, हाम्रो फिर्ने यात्रा । तुरतुरे निश्कनासाथ गाडीले फेरी धोका दियो । पन्ध्र बीस मिनेट लाग्यो गाडि बन्न । गाडी बनेपछि हामी सरासर घर फि¥यौं । सबै आ–आफ्नो गफमा मस्त थियौं । म र रमेश सर पनि कहिले देशको राजनीति त कहिले लिगलिगकोटको पर्यावरणको बारेमा गफिँदै थियौं । बाटोमा धुलोले मुख सुकेपछि लिगलिगकोटको जति पिए पनि नअघाउने साह्रै चिसो मिठो पानी सम्ंझिए । तर के गर्नु । ल्याएको एक बोतल सकिई सकेको थियो । गाडीले मलाई घरसम्मै पु¥याई दियो । सरसमान झा¥यौं र भोलि विद्यालयमा भेट्ने बाचा गर्दै दमौलीको सर म्यामहरु गाडि लिएर लाग्नु भयो । शरीरले थकान महसुस गरिरहेको थियो, भुसुक्क निदाई हाल्न मन थियो । तर आफन्तमाकोमा खाना खाने निम्तो थियो ।
कपडा फेरेपछि हातखुट्टा धोईवरी श्रीमतिलाई लिएर लागें, आफन्तको तिर । अब खाने खाना चाही कुन पेटमा हाल्ने होला भनेर सोंच्दै सोंच्दै ।
शनिवारको यात्राले एउटा नयाँ ठाउँसंग परिचय त गरायो नै संगै मनमा केही प्रश्नहरु जिज्ञासाहरु पनि जन्मायो । ति जिज्ञासाहरुको बारेमा अर्को अंकमा चर्चा गरौंला । अहिलेलाई यति भनौं, नेपालको ऐतिहासिक शाहबंशीय शासनकालको विजारोपण भएको लिगलिगकोट अझै गोरखासंग जोडिएको रहेनछ ।