–केही दिन अगाडि दमौलीको भोर्लेटार चोकमा राखिएको सडक डिभाइडर स्थानीय व्यापारीले आफुखुसी हटाए । यसैको सिको गर्दै कालिका मार्ग अगाडिको डिभाइडर हटाइयो र आफुखुसी जेब्राक्रस समेत बनाइयो । केही दिन नबित्दै तरकारी लाईनका व्यापारीले पनि डिभाइडर हटाए ।
–दमौलीकै फुटट्रयाकमा पसलेहरुले फुटपाथ समेत ओगटेर आफ्ना सामान बेच्न रोखेको हामीले देख्दै आएका छौं । दृष्टिविहिन लगाएत अपांगता भएका व्यक्तिहरुलाई हिँड्न सजिलो होस् भनेर बनाएको उक्त फुटपाथमा दृष्टिविहिन कोही हिँडन परे राखिएका समानसँग ठोक्किँदै हिँड्नु पर्छ र कुनै क्षति भए उसैले गाली खानु पर्छ । तरकारी लाईनमा जाने हो भने व्यापारीले सडक पेटी नै कब्जा गरेका छन् । पैदलयात्री वा तरकारी किन्न गएका ग्राहक सडकबाटै हिँड्नु पर्छ ।
– व्यास नगरपालिका वडा नं १ करङकाठमा रहेको वसपार्कमा पार्किङ गरिएका बस हुँदैनन् तर फलफूल लाईनको अगाडि मुख्य राजमार्गको दुइ लेन बस, माइक्रोबस तथा ट्याक्सी पार्किङले भरिभराउ हुन्छ ।
तरकारी लाइन अगाडिको डिभाइडर पुनः राखिएको छ तर कालिका मार्ग र भोर्लेटार चोकमा भने डिभाइडर राख्न स्थानीयले राके । दुर्घटना नहोस् र अनाहकमा नागरिकले ज्यान गुमाउन नपारोेस्÷घाइते हुन नपरोस्÷धनजनको क्षति नहोस् भनेर राखिएका डिभाइडर आफुखुसी हटाउनु र राख्न खोज्दा अवरोध गर्नु, सडकपेटी नै कब्जा गरेर सामान राख्नु अनि मुख्य राजमार्गलाई नै पार्किङ स्थल बनाउनु यि सबै २१ औं शताब्दीका सभ्य नागरिकका लागि सुहाउने कार्य होइनन् । आफ्नो व्यापारिक स्वार्थका लागि आम नागरिकको ज्यान जोखिममा पार्ने काम त अझ अशोभनीय काम भयो ।
आवश्यकता अनुसार जेब्राक्रस राख्ने, डिभाइडर हटाउने कुरामा सडक विभाग, स्थानीय सरकार र स्थानीय बासिन्दाबिच सहमती गर्नु र ति कार्यहरु गर्नु पर्छ । तर आफ्नो मात्र स्वार्थ हेरेर आफुखुसी गर्ने कुराले समाजलाई अराजकता तर्फ डो¥याउँछ । स्वार्थ पूर्ति भएकाले आफ्नो अराजकता स्वाभाविक लागे पनि त्यसले भविष्यमा निम्त्याउने दुष्परिणाको भोक्ता भने हामी आफै हुनुपर्छ ।
यस्तो कहिलेसम्म ?- सम्पादकीय
previous post
