
रमेश विकल
हिंसा र दमनको कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाउन नेपाली कांग्रेसले आग्रह गरको छ ।
आइतबार एक विज्ञप्ती प्रकाशित गर्दै कांगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा पछिल्ला केहि दिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय जनाउँदै त्यहाँ भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाउन आग्रह गरेका हुन् ।
जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकि लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनस्र्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको उल्लेख गर्दै प्रवक्ता शर्माले विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यवद्धता जनाउने नीति नेपाली काग्रेसले लिदै आएको बताएका छन् ।
म्यानमारको पछिल्लो ‘कु’ लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई कांग्रेसले निरन्तर नियालि रहेका र सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा अघि भनिएको छ, दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरिपनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमि गरिनु पर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन नेपाली काग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गर्दछ ।
म्यान्मारमा सेनाले फेब्रुअरी १ मा ‘कु’ मार्फत शासन हातमा लिएपछि भएको विरोध प्रदर्शनमा यो समाचार तयार पार्दासम्म ५ सय भन्दा बढीको मृत्यु भएको छ । गत शनिबार मात्रै एकै दिन सेनाको गोली लागेर म्यानमारमा कम्तीमा एक सय चौध जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।