जामुने/तनहुँको म्याग्दे गाउँपालिकालाई युवा परिषद जिल्ला समिति तनहुँले आईतवार कोभिड विरुद्धका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामाग्रीहरु भाईरल ट्रान्सपोर्ट मिडियम ९ख्त्ः० ५०० पिस , डिजिटल थर्मोमिटर ५ पिस, एन्टीजेन किट ५० सेट, पल्स अक्सिमिटर २ पिस, इन्फारेड थर्मोमिटर १ पिस रहेको युवा समिति तनहुँले जनाएको छ । ती सामाग्रीहरु युवा परिषद तनहुँकी अध्यक्ष रीता ढकालले एक कार्यक्रमका बीच म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायाँ रानालाई हस्तान्तरण गरेको समितिले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागसंगको सहकार्यमा राष्ट्रिय युवा परिषद, जिल्ला युवा समिति तनहुँले ती सामाग्रीको संयोजन गरेको थियो । कोभिड–१९ स्वास्थ्य सुरक्षा सामाग्री म्याग्दे गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, तनहुँका युवा समाजसेवी अमरराज सोति, नेपाल स्काउट म्याग्दे गाउपालिकाका संयोजक रमिन घिमिरे , युवा ब्यबसायी ईन्जिनियर बिबेक पौडेल, इन्जिनियर निर्देश रिमाल लगायत म्याग्दे गाउपालिकाका कर्मचारीहरुको रोहबरमा हस्तान्तरण गरिएको थियो ।