दमौली/तनहुँ समाज हङकङले दुई जना मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले गत बिहीवार दमौलीमा ३ जना बिरामीको उपचारार्थ प्रत्येकलाई एक लाख ३० हजारका दरले सहयोग ३ लाख ९० गरेको छ ।
केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित बनेका तनहुँको व्यास नगरपालिका–३ देउराली नगरका ७१ वर्षीय इन्द्रसिंह गुरुङ, व्यास–१ गल्बुवेसीका ५५ वर्षका नरबहादुर गुरुङ र क्यान्सर पीडित भानु नगरपालिका–१३ पोखरीछापका ४६ वर्षीय मिन बहादुरलाई पनि समाजले आर्थिक सहयोग गरेको छ ।
विभिन्न सिलसिलमा हङकङ पुगेका तनहुँवासीबाट संकलित सो रकम समाजका पुर्व अध्यक्ष जंगबहादुर थापा र भीमराज गुरुङले संयक्त रुपमा सहयोग रकम बिरामी तथा तिनका परिवारलाई हस्तान्तरण गरेका
हुन् । बिरामी मध्ये मृगौला पीडितले तनहुँ जिल्ला अस्पतालबाट नियमित डायलाइसिस सेवा लिइरहेका छन् भने क्यान्सर पीडितको इन्डियामा उपचार भइरहेको छ ।
समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।
मृगौला र क्यान्सर पीडितलाई सहयोग
previous post