दमौली/तनहुँ समाज हङकङले आइतबार ऋषिङ्गका दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।
यसरी सहयोग पाउनेमा ऋषिङ गाँउपालिका वडा नं ८ पल्ट्याङ्ग घर भएका ४१ वर्षीय लुम बहादुर रिमाली र ३६ वर्षीय खिम बहादुर नेपाली रहेका छन् । यी मृगौला पीडितलाई नगद चार लाख ५७ हजार आर्थिक सहयोग गरिएको थियो ।
समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले पीडित द्वयलाई आईतवार खैरेनीटारमा भेटेर नगद रकम हस्तान्तरण गर्नुभएको थियो ।
पीडित नेपालीलाई दुई लाख ७४ हजार दुई सय र रिमालीलाई एक लाख ८२ हजार आठ सय रुपैयाँ सहयोग गरिएको समाजका सचिव सुवित गुरुङले जानकारी दिनुभयो । उनीहरुको नियमित डायलाइसिस लगायतको उपचारमा रकम अभाव भएको खबर हङकङमा रहेका आफ्ना दाई लालबहादुर थापालाई बताएपछि उनको सक्रियतामा हङकङमा रहेका नेपालीहरुबाट संकलित रकम विरामीको हातमा पुगेको स्थानीय टोलबहादुर थापाले बताउनु भयो ।
रकम हस्तान्तरण गर्दै पूर्व अध्यक्ष गुरुङले बिगतदेखि नै दुःख पीडामा समाजले मलम लगाउने काम गर्दै आएको बताउनुभयो । विदेशमा रहेर पनि यहाँका दःुखी पीडितहरुको आवश्यकता अनुसार सहयोग गर्न पाउदाँ खुशी लागेको उनको भनाई छ । साथै प्राप्त रकम सही सदुपयोग गर्न समेत उनले पीडितहरुलाई आग्रह गरे ।
मृगौला पीडितलाई हङकङ समाजको सहयोग
previous post