म्याग्दे/तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाले मंगलबार मिन माविका किशोर छात्राहरुलाई एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिसागर पौडेलले अभिमुखीकरणको शुभारम्भ गराउनु भएको थियो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुखले स्वागत गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययनरत किसोरीहरुको सहभागिता गराइएको थियो । साथसाथै ती छात्राहरुलाई कार्यक्रममा सहभागि हुन, जिज्ञासा राख्न सहज होस् भन्ने हेतुले उनिहरुको स्रोत शिक्षकलाई पनि सहभागि गराइएको थियो । कार्यक्रम सहभागि किसोरी छात्राहरुलाई महिनावारी भएको वेला सरसफाईमा कसरी ध्यान दिने, उत्पादन भएको फोहोरलाई कहाँ कसरी विसर्जन गर्ने लगायतका सरसफाई सम्बन्धी अभिमुखीकरण गराईएको थियो । त्यसैगरी महिनावारीको समयमा के कस्ता पोषणयुक्त खाना खाने भन्ने सवालमा पनि अभिमुखीकरण गरिएको थियो ।
मिन माविका किशोरीलाई अभिमुखीकरण
previous post