गजौडे/माहिन्द्र माविले मंगलबार आफ्नो ४६औं बार्षिकोत्सव मनाएको छ । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो बार्षिकोत्सवमा प्रधानाध्यापक प्रकाश काफ्लेले आफ्नो विद्यालयको बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको । थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको सो बार्षिकोत्सवको अवसर पारेर विद्यालयका पूर्व प्रधानाध्यापक दम्पत्ति मेघनाथ÷मधु आचार्यले एक लाख पचास हजारको अक्षयकोषको स्थापना गरिदिनु भएको गजौडेबाट तनहुँ आवाज सम्वाददाता बाबुराम खनालले बताउनु भयो । आफ्ना छोरा विरेन्द्र आचार्यको स्मृतिमा स्थापना गरिएको विरेन्द्र आचार्य छात्रबृत्ती स्मृति छात्रबृत्ति अक्षयकोषबाट बार्षिक रुपमा आउने व्याजको २० प्रतिशत सावाँमा थप गर्ने र ८० प्रतिशतबाट कक्षा १२ मा सर्वोत्कृष्ठ हुने एक जनालाई प्रत्येक बर्ष पुरस्कृत गर्दै जाने अक्षयकोषको लक्ष्य रहेको छ ।
बार्षिकोत्सवलाई नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, वडा नं. ९ का वडाध्यक्ष सुरेश थापा, शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मी, विद्यार्थीहरुका तर्फबाट छात्रा कृष पौडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
आमन्त्रित अतिथिलाई विद्यालय व्यवस्थापन समितिक सदस्य वीरभद्र आचार्यले धन्यवाद ज्ञापन, शिक्षक शिवचन्द्र आचार्यले स्वागत गर्नुभएको थियो भने सञ्चालन शिक्षक बुद्धिबहादुर वि.क.ले गर्नुभएको थियो ।