राम्जाकोट/ऋषिङ गाउँ पालिका–५ मा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा नेपाल जुनियर रेडक्रस सर्कल पुनगठन सम्पन्न भएको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा सर्कलको पुनगठन सम्पन्न गरिएको शिक्षक नायक ज्ञानेन्द्र पौडेलले जानकारी गराए ।
शिक्षक नायक पौडेलका अुनसार नेपाल रेडक्रस सोसाइटी तनहुँका सदस्य मथुराकृष्ण श्रेष्ठको संयोजन तथा शिद्धेश्वरी माविका शिक्षक नायक रमेश विकलको उपस्थितिमा पुनगठित सर्कलको सभापतिमा सुर्लभ थापा चयन भएका छन् । सहयोगी शिक्षक नायक लिलाकुमारी नेपालीका अनुसार पुनगठित समितिको उपसभापतिमा मनिषा थापा, सचिवमा सजिता थापा, उपसचिवमा सुमन थापा तथा कोषाध्यक्षमा मविन थापा तथा सदस्यहरुमा सुमित्रा रानाभाट, प्रिन्स भट्ट, सलिना आले, अनिता परियार, रजिना चन, सृष्टि नेपाली, धनबहादुर थापा र पारस नेपाली चयन भएका छन् ।
सोही अवसरमा सर्कलको सल्लाहकार समिति समेच चयन भएको र उक्त समितिमा शिक्षकहरु दुर्गाबहादुर क्षेत्री, महादेव पोखरेल, पुष्पा थापा, भागिरथी देवकोटा र सुलोचना पौडेल सदस्य रहेको विद्यलायका प्रधानाध्यापक एवं सर्कल संरक्षक रामचन्द्र दुवाडीले बताए ।
रेडक्रस सम्वन्धि अभिमुखीकरणमा कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रमा रेडक्रका जन्मदाता हेनरी ड्युना, रेडक्रस जन्मको इतिहास, झण्डा, रेडक्रसको मुल मन्त्र तथा सात सिद्धान्तहरु र रेडक्रसले गर्ने विभिन्न कामका बारेमा जानकारी गराइएको थियो । विद्यालयका एकसय ३७ विद्यार्थी रेडक्रस सर्कलमा आवद्ध छन् ।