दमौली/आदिकवि भानुभक्तका छैटौं पुस्ताका सन्तान एवं नेपाल टेलिभिजनका पूर्व समाचार प्रमुख एवं प्राध्यापक राजेन्द्रदेव आचार्यसंग आदिकवि भानुभक्त क्यापसका प्राध्यापक, सञ्चालक समित तथा विद्यार्थीहरुले साक्षात्कार गरेका छन् ।
क्यापस सभाकक्षम सोमबार सम्पन्न साक्षात्मारमा बोल्दै आचार्यले मानवभित्रको मानव पहिचान गर्न ज्ञानको आवश्यकता पर्ने बताए । उनले करुणा मानिसमा भएको सबैभन्दा ठूलो गुण भएको उल्लेख गरे । उनले कुनै पनि पेशामा अब्बल हुन इमान्दारिता आवश्यक हुने उल्लेख गरे । पत्रकारिताको मूल्य अरुले नभई पत्रकार स्वयमले कायम गर्न सक्ने उल्लेख गर्दै आचार्यले डिजिटल डिभाइसको लतले वर्तमान पुस्तालाई नराम्रो संग गाँजेको र युवालाई पुनः स्थापना केन्द्र सम्म पु–याएको बताए । क्याम्पसका विद्यार्थीहरुमाझ भने विद्यार्थीले सूचना प्रविधिको प्रयोग सृजनात्मक कार्यमा गर्नुपर्छ ।
साक्षात्कारमा आदिकवि भानुभत्तलाई सम्झंदै आचार्यले भानुभक्तले नेपाली र संस्कृत भाषालाई मिलाएर मिठास पूर्ण नेपाली भाषा हामीलाई दिएर छाडेको समेत उल्लेख गरे ।