लकडाउनको अवस्थामा घरमा थन्किरहेको अवस्थामा पछाडिबाट आएर एक जनाले ढ्याम्म ढाडमा बजायो । झनक्क रिस उठ्यो । यसो फर्केर पछि हेरेको मेरो पुरानो साथी के भन्छ रे त्यो लंगोटिया यार मुसुक्क हाँस्दै आँखी भौ र निधार हल्लाउँदै के छ, कस्तो लाग्यो सरप्राइज ? भन्ने शैलिमा उभिराखेको रै‘छ ।
म पनि छक्क पर्दै सोधेँ ओहो के छ भाइकाजी हालखबर ? आज अचानक यसरी कताबाट ?
भाइकाजी बोल्यो,‘टा बाहुन कैले पनि नसुद्रिने भो बा । यट्रो डिनमा भेतेको साठीलाई बस पनि नभन्ने ? ठारठारै कुरा गरेर पठौने विचार गरिस् कि क्या हो ?
म झसँङ्ग भएँ । ‘ए ल ल आइज न बस । तलाँइ यत्रो दिनमा भेट्दा म त सबै कुरा बिर्सेर तँलाई हेरेको हे¥यै भएछु ।’
‘टिभी बाउनहरुको जादै ट्यस्टै हो । विर्सिहाल्छस् । भाइकाजी बोल्यो ।
त्यस्तो हैन नरिसान । कुरा गर्न त पुरै दिन अनि रात छदैँछ नि ।
‘ल हृर युसले कुरा ग¥याको । यस्तो लकडाउनको बेलामा कसैलाई घरमा बस्न डिनु हुँदैन भन्ने कुरा टँलाई ठा छैन । ट्यहि भ‘र म बाइरै बस्याको । अनि ट्यो आउने मन्छेहरुलाई कि ट साबुन पानीले हात ढुन लाउने कि चै सेनिटाइजर छर्किने भन्ने कुरा पनि टँलाई ठा छैन ?
‘ओहो मैले त भुसुक्कै बिर्सेछु । भो भो पर्डैन पर्डैन । टैले ट्यहि भन्छस् भन्यार मैले अघि नै सेनिटाइजर डलि सक्यो । यी हेर म ट आफै गोजीमा लिएर हिडिराछु ।’
‘ए ल ल ठीक छ । अनि अरु घरतिर के छ हालखबर भाउजु, छोरा छोरी सबै आराम छन् ?’
‘घरटिर सबै ठीक ट छ यार टर के गर्नु । यो कोरोना फैलेको फैल्यै छ । मन्छेहरु जठाभावी हिरदुल गर्छ । कट्टी दरै मान्डैन । कटि भन्ने कति सम्झाउने ? सरकारले अलिकटि खुकुल्लो ग¥यो कि ह्वार ह्वारटी बाहिर निस्कन्छ । ट्यसपछि काम नपाएर जस्तो लखर लखर दुली हिरछ । बिहान मनिङ्ग वाक गर्ने हे¥यो ट्यस्टै छ । डिउँसो बजार हे¥यो टेस्टै छ, डशैं तिहार जस्तो भिरभार । ट्यो साउजीहरु पनि कटी दर नभाको । डुईचारजना छँ हामी माट्रै दराएर के गर्नु ?’
(क्रमश)
भाइकाजी र म
previous post