दमौली/कोरोना संक्रमणबाट बच्न अपनाएको दुई महिने लकडाउनको उच्च सर्तकतामा तनहुँ संक्रमित मुक्त जिल्ला भन्न पाईरहेका छौं ।
तनहुँ जिल्लामा देश बाहिरबाट आउने नेपालीसंगै कोरोना भाईरसको संक्रमण पनि भिचिएको हामी सबैको बुझाई रहेको छ । नौ सय १६ जना नेपाली दाजूभाई विदेशबाट नेपाल भित्रिएसंगै ४० जिल्ला संक्रमणबाट प्रभावित हुन पुगेको छ । चार जना व्यक्तिको कोरोना संक्रमित भएर मृत्यू भएको नेपाल सरकारले पुष्टि गरेको छ ।
विश्व परिवेश र देशभित्रैको अवस्थालाई समेत विचार गरेर तनहुँ जिल्लालाई संक्रमणबाट मुक्त राख्न जिल्लाका २७ स्थानमा चार सय ४१ बेड क्षमताको क्वारेन्टाईन स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शंकरवावु अधिकारीले जनाकारी दिए ।
क्वारेन्टाईनको व्यवस्था प्रत्येक पालिकाले गरेको भएतापनि आईसोलेशनकोको व्यवस्था भने भानु, शुक्ला गण्डकी नपा, बन्दिपुर गापाले मात्रै गर्न सफल भएका छन् । तनहुँ जिल्लाभरमा जम्मा ३४ बेड क्षमताको आईसोलेशन चार स्थानमा व्यवस्था गरिएको छ ।
हालसम्म विदेशबाट तनहुँमा भित्रिएका ९१६ मध्ये तीन सय १३ जना क्वारेनटाईनमा राखिएको छ भने छ सय तीन जना होम क्वारेनटाईनमा राखिएको छ ।
भगवान भरोसामा तनहुँ संक्रमित मुक्त संक्रमणबाट बच्न उच्च सतर्कता
previous post