कमलबारी/रुम टु रिड, पढ्नको लागि कोठा कार्यक्रम अन्तर्गत बालिका शिक्षा कार्यक्रमले सिद्धेश्वरी मावि कमलबारीमा सरोकारवाला संगको अन्तरक्रिया सम्पन्न गरेको छ ।
सामाजिक परिचालक विमला दुराका अनुसार असोज ७ गते शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको संयोजकत्व तथा १२ नं वडाका वडा सदस्य विज्ञान कैनीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । दुराका अनुसार अन्तरक्रियामा कार्यक्रमको प्रगति, चुनौति र आगमी रणनीतिबारे जानकार िगराउनुका साथै सरोकारवालाहरुबाट सुझाब सल्लाह समेत लिइएको थियो ।
कार्यक्रम अन्तर्गत सामाजिक परिचालक कलावती विमलीले रुम टु रिढका कार्यक्रम, दुराले कार्यक्रमको उपलब्धी,प्रगति,चुनौति र आगामी योजना तथा कार्यक्रम सहायक मञ्जु लोहनीले आगामी रणनीतिका अतिरिक्त जीवन उपयोगी सिप तथा मेन्टोरिङका बारेमा बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख हरिश्चद्र न्यौपानेले आगामी दिनमा रुम टु रिढ र विद्यालयको सम्वन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । विद्यलायका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै अझ प्रभावकारी बनाउन चुनौतिहरुको सामना गर्ने कार्ययोजना निर्माण गर्ने बताए ।
कार्यक्रमका अतिथी वडा सदस्य विज्ञान कैनीले स्थानीय सरकार सधै रुम टु रिढसंग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रमका सभापति फमबहादुर थापाले बालिका शिक्षा कार्यक्रम प्रभावकारी रहेको र सहकार्य गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउन आफु तयार रहेको बताए । शिक्षित बालिकाबाट नै परिवर्तनको थालनी हुन्छ भन्ने नाराका साथ विश्वका २१ बालबालिकाको शिक्षासंग सम्बन्धित विभिन्न काम गर्दै आएको रुम टु रिढले तनहुँ, नुवाकोट, गोर्खा र बाँके गरी चार जिल्लामा बालिका शिक्षा कार्र्यक्रम सञ्चालन गर्दै आएको छ ।
बालिका शिक्षाको अभिभावक अन्तरक्रिया
previous post