म्याग्दे/पालिकालाई बालश्रम मुक्त गराउने अभियान अन्तर्गत दुई दिने क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रम बुधबारबाट सञ्चलन भएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको उक्त कार्यक्रमको अध्यक्षता अनुगमन समितिका अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले गरेका थिए । म्याग्दे गाउँपालिका, जि.एफ.आई र एकीकृत हरित विकास नेपालको सहकार्य एवं आर्थिक सहयोगमा बालश्रममुक्त पालिका निर्माण गर्ने समेतका लक्ष्य कार्यक्रमको रहेको छ । हरिसिंह गुरुङ, गुडवेभका उमेश कुइकेल र जिएफआईका सुदिप सेढाईले बालश्रमसंग सम्बन्धित ऐन, नियम, सरोकारवालाको भुमिका, अनुगमन संयन्त्रको क्षमता अभिवृद्धि समेतका विषयवस्तुमा प्रशिक्षण दिनेछन् ।