दमौली/विहिवार असार २४ गते विहान करीब तीन बजेबाट परेको अविरल बर्षाले दुईजना मान्छे पुरिएको समाचार प्राप्त भएको छ ।
ऋषिं–७ डढीवन की ५० बर्षिया देवीसरा थापाको पहिरोमा पुरिएर मृत्यू भएको कोटदरवार उपशाखाका सभापति ईन्द्रबहादुर आलेले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।
ऋषिं गाउँपालिकाको वडा नं. ८ निवासी ऋषिं गा. पा. को सुरक्षा गार्डका रूपमा कार्यरत खुमबहादुर आले आफ्नै भैसी गोठमा छोडिएको मोवाईल लिन जॉदा आएको पहिरोमा पुरिएर वेपत्ता भएका थिए । आले सहित उनको गोठमा बॉधेको दुई भैसी समेत वेपत्ता भएका छन् ।
बाढी पहिरोले क्षति पुर्याएका घर, भान्छाघर, गोठ, खेत, बारीको विवरण संकलन भैरहेको छ ।
केही दिन अघि असार १७ गते परेको भारी बर्षाले बन्दिपुर–३ तामुं निवासी हरिमायाँ सार्की र सरस्वती थापाको पनि पहिरोमा पुरिएर मृत्यू भएको थियो । बाढी पहिरोबाट पीडितहरूलाई दैवीप्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाईटीको केन्द्र, शाखा र उपशाखाबाट यथासम्भब छिटो उद्धार तथा राहतको प्रबन्ध मिलाउने प्रयास भैरहेको सम्बद्ध पक्षले जनाएको छ ।
नरेसो कोटदरवार उपशाखाले बाढीपहिरो पीडितको उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ ।