छिमेकी चीनको बुहान प्रान्तमा गत डिसेन्वरमा देखा परेको कोभिड–१९ संसार भरि फैलियो । कोरोना संक्रमणलाई रोक्न भन्दै नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी शुरु भयो । शहरमा पढ्ने म बार्षिक परीक्षा सकिएका कारण गाउँमा आएको थिए । बन्दाबन्दीका कारण अहिले पनि गाउँमै छु ।
मन आत्तिएको थियो, कतै मलाई नै कोरोना संक्रमण हुने त होइन ? कतै वर्तमान मानव सभ्यताको विनास हुने त होइन । यस्तै कुराहरु मनमा खेली रहेका थिए । म रेडियोमा समाचार सुनिरहेको थिए । समाचारमा कोरोनाबाट बच्न कतिपय ठाउँमा पुजाआजा गरिएका र बोका कुखुरा, हाँस लगायत विभिन्न जनाबर र पशुपंक्षीको बली समेत दिइएको समाचारमा आईरहेको थियो । समाचार सुन्दै गर्दा यो चेतनाको अभावले होला कि अन्धविश्वासले होला भन्ने खुल्दुली लागि रह्यो । बली दिएर रोग सन्चो हुने भए, चीन लगायत विश्वका कुनै पनि देशमा यस्ता खाले महामारी नआउनु पर्ने हो । किनभने संसारमा यस्ता कुनै देश छैनन् होला, जहाँ दैनिक बली नदिइएको होस् । कसैलाई सोधेर मनको जिज्ञाशा हटाउने मन थियो । त्यसैले मेरो परिवारसंग छलफल गरें । तब मलाई गढीमााईको बारेमा थाहा भयो । त्यहाँ त हरेक बाह्र बर्षमा गढीमाईलाई प्रसन्न पारेमा आर्थिक अवस्थामा सुधार आउने तथा रोगभोगले नसताउने विश्वासका साथ करिब पाँच हजार राँगा र २० हजार बोकाको बली चढाईदो रहेछ । तब मेरो मनमा भगवान गौतम बुद्धको भनाई याद आयो । उनले भनेका छन्, जुन व्यक्तिमा संसारका सबै प्राणीप्रति दया हुन्छ, त्यो व्यक्ति नै गुणी ठहरिन्छ ।
त्यस्तै मलाई थाहा भयो, नेपालमा मात्र नभई संसार भर यस्ता गढीमाई रहेछन्, जहाँ विभिन्न विश्वासमा जीवजन्तुको बली दिईन्छ, उनिहरुको बाँच्न पाउने अधिकार हनन् गरिन्छ । गएको बर्ष नै गढीमाई प्रशन्न पार्न भन्दै हजारौं राँगा र बोकाको बली दिइएको थियो । तर त्यही बर्ष नै संसारमा यस्तो रोग आयो जसले कैयौ मानिसको ज्यान लियो र लाखौंलाई आफ्नो संक्रमणको चपेटामा पा¥यो ।
मैले भन्न चाहेको होइन कि भगवानप्रति विश्वास नगर्नुहोस्, तर त्यो जनावरको ज्यान लिएर भगवान खुशी हुने होइनन् र यो राम्रो काम होइन ।
कोरोना संक्रमणबाट बाँच्न चाहनु हुन्छ भने हरेक एक एक घण्टामा साबुनले हात धुने, पौष्टिकतायुक्त खाना खाने, गर्नुहोस् । घरबाट बाहिर नस्किने, निक्नु पर्दा मास्का र पञ्जाको प्रयोग गर्ने, यदि विदेशबाट आउनु भएको हो भने क्वारेन्टाईनमा बस्ने र संक्रमणको अवस्था परिक्षण गरेर मात्र आफ्नो घरमा आउने आदि । बली दिएर कोरोना संक्रमणबाट बाँच्न सकिदैन भन्ने कुरामा हामी सबै विश्वस्त हुनु जरुरी छ । र उरुलाई पनि यो कुरा बुझाउनु जरुरी छ ।
बलीले कोरोना संक्रमणबाट बचिदैन
previous post