विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई दशमलब ८६ मिटरले बढेको नेपाल र चिनले संयुक्त रुपमा घोषणा गरेका छन् । मंगलबार काठमाण्डौमा नेपाल र चीनसरकारले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सार्वजनिक गरको हुन् ।
सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाट गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत नभएपछि दुवै देशका सरकारी टोलीले एक्ला एक्लै मापन गरी प्रतिवेदन बुझाएका थिए ।
गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भए पछि मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो ।
जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो भने “सगरमाथा” नामाकरण चाहिँ इतिहासकार बाबुराम आचार्यले गरको हुन् ।
बढ्यो सगरमाथाको उचाई
previous post