दमौलीबाट पोखरा जाँदै गरेको माईक्रो बसमा २०७६ कार्तिक १७ गते पाँच जना उभिएर गरेको यात्रा । दमौलीबाट चढ्नेलाई जामुनेबाट खाली हुन्छ भन्दै त जामुनेबाट चढ्नेलाई खैरेनीबाट खाली हुन्छ भन्दै गल्लीमा बसेका दुई बाहेक पाँचजना यात्रुलाई उभिएर यात्रा गर्न सहचालकले बाद्य पारेका थिए । ट्राफिकलाई भन्दिउँ भनेर एक जना यात्रुले भन्दा हामीले यिनका मुखमा बुजो लगाइ सकेका छौं । दशै तिहार उठाइ सकेका छन् । फेरी पनि रोकि हाले भने पाँच सयको नोट फालि दिउँला भन्दै थिए सहचालक । उभिएकी ६५ बर्ष नाघेकी एक महिला यात्रुले रोक्दे म झर्दछु भन्दा पनि झर्न नपाएको अवस्था थियो । अगाडिको सिट पछाडि उभिएको यो दृष्य ट्राफिकको नजरमा नपर्नुले दशैतिहार राम्रै असुल्दा रहेछन् भन्ने सहचालकको भनाईलाई पुष्टि गर्दछ ।
–फोटो तनहुँ आवाज साप्ताहिक