
दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले बुधबार १९ बुँदे ज्ञापन पत्र तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारीले बुधबार र्नै गृहमन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रेसित गर्न आफ्नो प्रशासन शाखालाइ तोक आदेश गरेको स्रोतले जनाएको छ ।

राप्रपाले देशको ७७ वटै जिल्लाबाट बुधबार नै १९ बुँदे ज्ञापन पत्र बुझाएर देशभरबाट दवाव सिर्जना गरेको सन्देश दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका अध्यक्ष विनोद घर्तिद्वारा हस्ताक्षरित दुई पृष्ठ लामो ज्ञापन पत्रमा मुख्यतः दशबर्षे सशस्त्र द्वन्द र त्यसपछिको अर्को डेढ दशकको संक्रमण पश्चात पनि आमजनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको ठोकुवा गरेको छ । ज्ञापन पत्रमा किसानलाई मल बिऊ तत्काल उपलब्ध गराउन समेत धर्म निरपेक्षताको माग गरिएको छ ।
ज्ञापन पत्र

