भिमाद/सेतीकाली साहित्य सङ्गम भिमादले एक कार्यक्रमका बीच सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र जेठ १३ गते विमोचन गरेको छ ।
साहित्य यात्राका लेखक नारायण कैलास सिग्देलका अनुसार मुखपत्रको विमोचन गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँका संस्थापक अध्यक्ष आकाश अधिकारीले गर्नुभएको थियो । प्रमुख अतिथि अधिकारीले सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्रले साहित्यको क्षेत्रमा अर्काे एउटा ऐतिहासिक फड्को मारेको बताए । त्रिभूवन विश्वविद्यालय मानवशास्त्रका पूर्व प्राध्यापक सुर्यभक्त सिग्देलले मोफसलमा रहेर नियमित रुपमा पत्रपत्रिका प्रकाशित गर्ने चुनौतिपूर्ण कार्यमा सफलता हासिल गरेको साहित्य यात्राको खुलेर प्रसंसा गर्नुभयो । किहुँ अरुणोदय एवम् पोखरा कास्कीका अध्यक्ष कृष्णप्रसाद सिग्देलले देशव्यापी रुपमा प्रकाशनमा संकट आएको समयमा मोफसलमा साहित्य यात्राले गरेको साहसको सह्राना गर्नुभयो । कार्यक्रममा नगर उद्योग वाणिज्य सङ्घ, भिमादका अध्यक्ष हस्तबहादुर खड्का, पत्रिकाका समिक्षक दिवाकर भट्टराइ लगायतले झण्डै एक सय ५० पेज रहेको यो मुखपत्रमा प्रायः स्थानीय लेख रचना मुखरित हुनुले स्थानीय साहित्य अनुरागीहरूको लागि साहित्य यात्रा गहनाको रूपमा रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा ग्रिन सिटी भिमादका अध्यक्ष सिमा खड्का, शुक्ला साहित्य सङ्गम दुलेगौडाका लेखक तथा गजलकार जीवन सागर, माधव अधिकारी, भविष्य निर्माण एकता टोलका महिला समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठ, विश्वहिन्दू परिषद भिमादका अध्यक्ष जीवनाथ अर्याल, नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष धिरेन्द्र थापा मगर किसानी, भिमाद नगर कार्यपालिकाका सदस्य सीमा खड्का, जनज्योती नमुना मावि भिमादका प्रधानाध्यापक चन्द्रप्रकाश सुवेदी, गणेश अकाडेमि मालेबगरका प्रिन्सिपल मनबहादुर सारु, भजन किर्तन मण्डलका अगुवा तुलसी सिग्देल, जीवन सागर, सागर गैह्रे, बालकृष्ण गैह्रे, ध्रुबराज सुवेदी, सुरज लम्साल, इन्धिरा खड्का, हरिप्रसाद सुवेदी लगायतका कविहरूले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
सेतीकाली साहित्य संगम भिमादका अध्यक्ष लेखक नारायण कैलास सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य सदस्य धिरेन्द्र थापा, धन्यवाद ज्ञापन संस्थाका सल्लाहकार सुरज लम्साल र सञ्चालन ध्रुबराज सुवेदीले गर्नुभएको थियो ।
प्रथम मुखपत्र विमोचन
previous post