आर्थिक विकास प्रक्रियामा सामाजिक र साँस्कृतिक पक्षलाई पनि व्याख्या र विवेचना गर्नु सान्दर्भिक हुन्छ । स्थानिय निकाय बाट बनाइएका योजना – विकास केन्द्रित र स्थानिय जनताको सहभागीता समेटिएको हुन पर्दछ । जसमा समाजको प्रभावकारी मग (Effective demand) विश्लेषण गरिएको हुन्छ । स्थानिय वाताबरणको आधारमा अनुकूल र व्यावस्थापकिय संरचना समुदायले धान्न सक्ने संयन्त्र हुन पर्दछ । यस्तो बिकास प्रक्रियाले समग्र जनतामा सकारात्मक प्रभाब पारेको हुन्छ । समाजको प्रगति प्रक्रिया अघि बढ्दछ । समयको गतिसँगै सामाजिक इकाइहरुमा क्रमशः परिवर्तन हुँदै अगाडि बढेको हुन्छ । यसरि समाजमा नयाँ मूल्य, मान्यता, दृष्टिकोण, व्यावहारको विकास हुनु आधुनिकता हो । राजनैतिक, आर्थिक, सामाजिक स्वतन्त्रता हुनु आधुनिकता हो । यहि प्रक्रियाबाट समाज साधारण अवस्थाबाट परिवर्तन भइ अघि बढिरहेको हुन्छ । आधुनिकतालाइ आर्थिक विकास को परिवर्तनको रूपमा लिन सकिन्छ । आर्थिक विकासको माध्यमबाट धार्मिक, जातिय, साँस्कृतिक कट्टरता, अन्धविश्वास हटेको हुन्छ । जसलाई समाज रुपान्तरण पनि भन्न सकिन्छ । एउटा क्षेत्रमा मात्र आउने परिवर्तनले समाजलाई अगाडि बढाउन सक्दैन । समाजका सबै क्षेत्रमा भएको परिवर्तनलाई समाजको बास्तविक आर्थिक विकास भन्न सकिन्छ । जसमा नागरिकको प्रति व्यक्ति आम्दानी बढ्नुको साथै राष्ट्रिय आम्दानी समेत बढ्न गै अर्थतन्त्र चलायमान हुन्छ ।
समाजका सबै व्यक्तिको आम्दानीस्तर बढ्दै जाँदा विकासको वितरण संन्तुलीत हुन्छ । मानविय क्षमताको कारण प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोग भइ उत्पादनमा तिब्रता आउँदछ । उत्पादित सामाग्री उपभोक्तासम्म सहज ढंगबाट पुग्नको लागि बजार संयन्त्रले काम गरिरहेको हुन्छ। अर्थव्यावस्था चलायमान भएको अवस्थामा आफ्नो क्षमता अनुसारको काम-रोजगारी, काम अनुसार को दाम-ज्याला आवश्यकता अनुसारको दाम सबै नागरिकले प्राप्त गरेका हुन्छन् । अर्थव्यावस्थामा सामाजिक चेतनाको विकास र आत्मनिर्भर अर्थतन्त्र सृजना भएको हुन्छ। यसरी आर्थिक बिकास एउटा प्रक्रिया हो जसलाई पूर्णविराम लगाउन सकिदैन।
अर्थशास्त्रीहरुले समग्रमा अर्थतन्त्रमा आएका परिवर्तनलाई आर्थिक वृद्धि, औद्योगिक बिकास निर्यात प्रवर्धनलाई जोडिदिनु पर्ने मान्यता लाई प्राथमिकतामा राखेका हुन्छन । देशका नागरिक सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार, लगानी, उत्पादन, र शुद्ध खानेपानीको वितरण जस्ता पक्षमा कुनै कामि भएको हुँदैन । यातायात, सञ्चार, गुणस्तरिय जिवन यापनमा कुनै कसर नराख्ने योजना कार्यान्यन ल्याइएको हुन्छ ।
स्थानिय निकायका योजनाको स्वरूप कस्तो हुनपर्दछ भन्ने सन्दर्भमा अर्थशास्त्री Lewis को भनाई लाई संयोजन गर्नु उपयुक्त हुन्छ । Planned economy is a scheme of economic organisation in which individual and separate industries and enterprise are treated as co-ordinate unit of one single system for the purpose of utilizing local available resource to achieve the maximum satisfaction of the people’s demand within given period of time. स्थानिय निकायका योजना यस्तो प्रणालि हो जसमा व्याक्ति, सरकारी निकाय, उद्योग व्यावसाय, एउटा पूर्ण अवस्थाको उत्पादन आर्थिक इकाइ मानिन्छ- जसबाट समग्र समाजको आवश्यकताका वस्तु निश्चित परिमाणमा उत्पादन गरि अधिकतम सन्तुष्टिको लागि सबैका लागि वितरण गर्न सकियोस । स्थानिय अधिकारी द्वारा सम्पूर्ण अर्थव्यावस्थाको अध्ययनगरि महत्वपूर्ण आर्थिक निर्णय गर्ने, के कति, कसरी, कहिले उत्पादन गर्ने र कस कसलाई वितरण गर्ने भन्ने समेतको तथ्यलाई विश्लेषण गरिन्छ । यस्ता तथ्यको विश्लेषण र विवेचना गर्न सक्ने जनप्रतिनिधिको छनोट भएमा द्रुत आर्थिक विकास (Speedy economic development) ले मुर्तरूप लिन सक्दछ । देशमा भएका उर्जाशील उमेरका युवालाई आर्थिक सुधारका प्रत्येक इकाइमा समन्वय गराई उत्पादन प्रक्रिया स्थापीत गरि अर्थतन्त्र चलायमान बनाई राख्नु पर्ने आवश्यकता वर्तमान समयको माग हो ।
आगामी दिनमा स्थानिय निकय वा संरचना गाउँपालिका, नगरपालिका, महानगरपालिकाले उद्योग स्थापना तर्फ आफ्नो ध्यान केन्द्रित गराउनु ढिला गर्नु हुँदैन । जसबाट रोजगारीका अवसर सृजना भई स्रोत साधनको प्रयोग हुन्छ । जनताको जिवनस्तरमा सुधार हुन्छ । एकिकृत उत्पादन प्रणालिको संजाल बनेको अवस्थामा आर्थिक विकास छिटो हुन सक्दछ । आगामी दिनमा केन्द्र, प्रदेश, स्थानिय सरकारले यस्ता जनप्रतिनिधीको चयन गर्न सकोस । देसवासी जनता यस्तो पर्खाइमा बसिरहेका छन् ।