सिद्धि डाँडा/तनहुँको व्यास ११, सिद्धि डाँडामा गरिएको व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यताको परिक्षण उडान सफल भएको छ । शनिबार ३ जना पाइलटद्धारा ५ टेण्डम फलाइट परिक्षणको लागि सिद्धिडाँडावाट टेकअफ गरी फराकचौरमा ल्याण्ड गरिएको हो ।
परिक्षणको पहिलो फ्लाइटमा वडा अध्यक्ष निर बहादुर खड्काले उँडेर उद्घाटन गरेका थिए । प्याराग्लाडिड बारेको छलफलमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाडिड स्थानान्तरण हुने भएकाले व्यास नगरमा सम्भावना खोजिएको बताए ।
वडाध्यक्ष निर बहादुर खड्काले पर्यटकिय क्षेत्रको पर्यटन प्रर्वद्धनमा वडाले काम गर्ने बताए । व्यास नपाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेकाले त्यस्को सुरुवात स्वरुप प्याराग्लाडिडको अध्ययन गरिएको वडा नं ३ का सदस्य रबिन पौडेलको भनाइ रहेको थियो । उनले नागरिक उड्डयनले उडान अनुमति दिएकोमा नीजि कम्पनी व्यवसायिक उडानका लागि तयार भएको समेत बताए । उक्त स्थान हावाको चाप र अन्य भौगोलिक हिसावले प्याराग्लाडिड उडान र प्रशिक्षणका दबैका लागि सिद्धि डाँडा उपयुक्त रहेको पाइलट तथा विज्ञ शंकर पराजुलिले बताए ।
प्याराग्लाडिडको परिक्षण उडानका लागि हरि सिग्देलले सहजिकरण गरेका हुनृ भने उडानको व्यवस्था टिम फाइभ प्याराग्लाडिड नेपाल पोखराले गरेको थियो ।